नेकपा सचिवालय द्वारा कार्यदल विघटन

93

फागुन १०,
काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकले कार्यदल विघटन गरेको छ। सचिवालयको बिहीबार बिहान बालुवाटारमा बसेको बैठकले कार्यदल भंग गर्ने निर्णय गरेको सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए। बिहीबार बसेको कार्यदलसहितको सचिवालय बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यदल विघटनको प्रस्ताव नै गरेका थिए। तर बहुमत सचिवालय सदस्य कार्यदललाई एक हप्ताको समय दिनुपर्ने पक्षमा उभिएपछि बैठक बिनानिष्कर्ष टुंगिएको थियो। कार्यदल विघटन भएपछि पार्टी एकताको बाँकी काम सचिवालयले गर्ने र त्यसलाई स्थायी समितिबाट अनुमोदन गराउने निर्णय भएको नेता श्रेष्ठले जनाए। अहिलेसम्म गरेको कार्यदललाई दिइएको जिम्मेवारी सचिवालयले पूरा गर्नेछ। सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा पुस १२ गते कार्यदल गठन भएको थियो।