बंगलादेशको राजधानी ढाकामा भीषण आगलागीमा मर्नेको संख्या ८१ पुग्यो

75

एजेन्सी,
फागुन १०- बंगलादेशको राजधानी ढाकाको एक पुरानो इलाकामा बुधबार लागेको भिषण आगलागीमा मर्नेको संख्या ८१ पुगेको छ । उक्त आगलागीमा कयौं घाइते भएका छद् । उक्त आगलागाी रासायनिक गोदामका रुपमा प्रयोग भइरहेको एक एपार्टमेन्टमा लागेको थियो । हाल सम्म ४५ शव बरामद भइसकेको बंगलादेश दमकल विभागका प्रमुख अली अहमदले बताए । शवको संख्या बढ्न सक्ने पनि उनले जानकारी दिए ।

आगो लाग्नुको प्रमुख कारण थाहा हुन सकेको छैन । ढाकाको उक्त पुरानो इलाका चौकबजारमा आगो ग्यास सिलिन्डरबाट लागेको हुन सक्ने र पछि तिब्र गतिमा ज्वलनशिल पदार्थ भन्डार गरिएको पुरै भवनमा फैलिएको अहमदले जानकारी दिए । आगोको चपेटामा त्योसँग जोडिएका ४ वटा भवनमा फैलिएको थियो । ती भवनमा प्लास्टिकका दाना र बडी स्प्रे राखिएको र त्यो बाहेक रासायनिक गोडामका रुपमा पनि प्रयोग हुने गरेको बताइएको छ ।

आगलागी हुँदा ट्रफिक जाम भइरहेको र त्यसले गर्दा मानिसहरु भाग्न नसकेको उनले बताए । आगलागी भएको गल्ली अत्यन्त साँगुरो थियो । आगलागी बुधबार स्थानिय समय राती १० बजेरे ४० मा भएको थियो । उक्त आगो करिब २ सय भन्दा धेरै अग्निनियन्त्रकहरुले काबुमा लिएका थिए । पुरानो बस्ती ब्यवस्थित नहुनु र बाटो साँगुरो हुने गरेकोले ती इलाकामा हुने आगलागीका घटना भयावह हुने गरेको छ । पुरान बस्तीहरुमा घना आवादी र घरहरुको निर्माण अवैज्ञानिक हुनुले पनि आगलागीको क्षति अनियन्त्रित हुने गरेका विपत ब्यवस्थापन अधिकारीहरुले बताए ।

स्टोरमा राखिएका अत्यन्त ज्वलनशिल पदार्थका कारण आगोले अत्यन्त भयानक रुप लिएको बताइएको छ । ढाकाको एक पुरानो भवनमा २०१० मा पनि आगलागीको यसतै घटना भएको थियो । त्यतिबेला १ सय २० भन्दा धेरैको मृत्यु भएको थियो ।