ठगी गरेको आरापेमा क्लब डेजाभुका तीन सञ्चालक पक्राउ

96

फागुन १०,
काठमाडौं– दरबारमार्गस्थित रात्री क्लव ‘क्लव डेजाभु’का तीनजना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । सञ्चालकहरु प्रवेश श्रेष्ठ, प्रतिक श्रेष्ठ र समीप शिल्पकारलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले बताए । बिहीबार साँझ पक्राउ परेका डेजाभुका सञ्चालबिरुद्ध २ करोड ठगी गरेको जाहेरी दर्ता भएको बताइएको छ । क्लवका अर्का एक सञ्चालक मनोज श्रेष्ठ फरार छन् । बिहीबार पक्राउ परेका तीनजना बिरुद्ध ठगी मुद्दामा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।