डीपीएल: आफ्नो खेलाडीलाई कारबाही गरेको भन्दै काठमाडौं गोल्डेन्सद्वारा खेल बहिस्कार

78

फाल्गुन १०,
काठमाडौँ — आफ्नो खेलाडीलाई कारबाही गरेको भन्दै रुस्लान धनगढी प्रिमियर लिग ९डीपीएल० क्रिकेटको शुक्रबार हुने दोस्रो क्वालिफायर खेल काठमाडौं गोल्डेन्सले बहिस्कार गरेको छ । आज महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुँदै थियो। काठमाडौंका म्यानेजर सञ्जय श्रेष्ठले आफ्नो टोलीले नखेल्ने निर्णय गरेको बताए। उनले भने, “सुरुदेखि नै आयोजकले आइसीसीको नियम फलो गरेका छैनन्। मैदानको अवस्था पनि राम्रो छैन। फेरि हामी यो फ्रेन्चाइज लिग खेलेर आइसीसीइको अन्य खेल खेल्न जाने पनि होइन।” बिहीबार काठमाडौंका विदेशी खेलाडी अंकित दबासलाई बलिङ गर्न प्रतिबन्ध लगाइएको थियो। काठमाडौं गोल्डेन्सले खेलेका २ खेलमा दबासको बलिङ मैदानमा रहेका अम्पायरहरुले शंकास्पद पाएको आयोजकले जनाएको छ। यसैमा काठमाडौैंले असन्तुष्टी जनाउन थालेको थियो।

काठमाडौंका म्यानेजर श्रेष्ठले डीपीएल आयोजकले दबासलाई लगाइएको प्रतिबन्ध नसच्याए आगामी दिनमा डीपीएल प्रतियोगितामा नै भाग नलिने धम्की दिएका छन्। उनले दबासलाई प्रतिबन्ध लगाएर आफ्नो टिमप्रति आयोजक एकपक्षीय भएको आरोप लगाए। उनले भने, ‘दबास भारतमा राम्रो खेल खेलिरहेका खेलाडी हुन्। उनले रञ्जित ट्रफी समेत खेलिसकेका छन्। भारतमा चाहिँ उनले गरेको बलिङ शंकास्पद नहुने, यहाँचाहिँ हुनेरु’ प्रतियोगिताको प्राविधिक समितिले भिडियो विश्लेषण गर्दा उनको बलिङ अनाधिकृत रहेको ठहर गरेकोथियो। काठमाडौंले जितेका तीनै खेलमा उनी अलराउन्ड प्रदर्शन गर्दै म्यान अफ दि म्याच चुनिएका थिए। भारतीय यी खेलाडीले काठमाडौंबाट सर्वाधिक ६ विकेट लिएका थिए। यस बाहेक १५३ रन पनि बनाएका थिए।-कान्तिपुर