गुरु चेला

172
तस्विरः लेखक जम्बला लामा

-जम्बला लामा
हाल त्यस्तै नेपालमा गुरु र चेलाको हल्ला चलीरहेको हल्लाहरु शहर बजारमा सुनी रहेको छु । अर्थात जस्तोसुकै गुरु भएको होस चेला सँग दक्षिणा लिएको नै हुन्छन् । त्यो चेला गरिब छ या धनीको सवालमा होइन । गुरु दक्षिणा नलिईकन सुखै छैन गुरुलाई, परिश्रमको फल । अनि त्यो चेलाले गुरुलाई दिएको दक्षिणाको असुल उपर गर्नको लागी उनले पनि काम गरी दिएको वापतमा भनी कानेखुशी गरी जनताबाट आफुले पाएको परिश्रम बाहेक उनले जनतासँगबाट छुट्टै दक्षिणा असुल गर्छ चेलाले ।

अर्थात अख्तियारको नै दुरुपयोग गर्ने अख्तियार अनुसन्धान दुरुपयोग कै पदाधिकारीहरुको नै गतिविधि भ्रष्टचारमा लिप्त हुने गरेको पछिल्लो समयका घटनाक्रमबाट छताछुल्ल भएका छन् । २०७५ फागुन २ गते अयुक्त पदबाट राजिनामा गर्न बाध्य भएका राज नारायण पाठकको गतिविधिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै भ्रष्टचारी विरुद्ध हुने प्रमुखको रुप नभएर निर्वाद रुपमा असुली धन्दा नै गर्ने अखडाको रुपमा भएकोमा २ करोड ८० लाख जनसमुदायलाई घिन लाग्दो र लाज मर्दो महसुस भएको छ ।

त्यसकारण गुरु र चेला भन्ने उखान जस्तो भएको जनविचार पनि आएको छ । जस्तो की संवैधानीक अनुरुप सिफारीस गर्दा निष्पक्ष ढंगबाट योग्य व्यक्तिलाई सिफारीस हुनु पर्दामा त्यस्तो नभइकन पाटी विशेषको व्यक्तिहरुलाई आर्थिकको चलखेल गराई सिफारीस गरीएकोमा संवैधानिक परिषदको नै दोषी ठहर गरिएको छ जनसमुदायले । अर्थात गुरुले दक्षिणा लिएको बापत चेलाले भ्रष्टचार नगरे कसले गर्ने सरकार ? अनि सरकार दुई तिहाइको भ्रष्टाचार तीन तिहाई कहिले हुन्छ समृद्ध तथा समृद्धि नेपाल ।

जुन ठाउमा हुनु हुदैनथ्यो त्यही ठाउँमा भयो भ्रष्टाचार
विसंगती र विकृतिको कारण नै अख्तियार दुरुपयोग अनुसन्धानमा नै जन्म्यो ठूलो भ्रष्टाचार । अर्थात जानाजानी लोकमान सिंह कार्की जस्तो लाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारीस भयो त्यतिखेर देखि नेपालको गणतान्त्रिक लोकतन्त्रमा कालो धब्बा भएको थियो ।

अर्थात २०६२÷०६३ को जनआन्दोलनलाई दबाउन खोज्ने व्यक्ति ज्ञानेन्द्र शाहको पालामा मूख्य सचिव भएको थियो लोकमान सिंह कार्की । उनी गणतान्त्रिक लोकतन्त्रको विरोधी कार्कीलाई पनि संवैधानिक परिषद बाट नै सिफारिस गरिएको थियो, गणतन्त्रको सरकारले । त्यो बखतमा राजा भएको ज्ञानेन्द्रलाई लखेट्न सक्ने नेताहरुले तर भ्रष्टचार र अति घमण्डी पारोको व्यक्ति लोकमान सिंह कार्कीलाई सम्मान साथ अख्तियारको प्रमुख आयुक्तमा सिफारिस गरेको होइन ? कार्कीले जनआन्दोलन ताका हाम्रो हालको फनफनी नाचीरहेको नेताहरुको छातीमा गोली ताकेको थियो कार्कीले जनआन्दोलनको बेलामा । त्यो घाउँलाई बिर्सेर या लुकाएर कस्को दवावमा परी लोकमान सिंह जस्तो अयोग्य व्यक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारीस ग¥यो । गल्ती त त्यतिखेरै भएको थियो संवैधानिक परिषदबाट ।

संवैधानिक परिषदमा गल्ती भएको रोक्न सक्ने स्थिती पनि देखिएन । कारण विभिन्न पार्टीको व्यक्तिहरुको उपस्थिती छन् परिषदमा । अनि कस्को मात्र कुरा सुन्ने, एक जनाको कुरा सुने मेरो चाहि किन भएन भन्ने खलबल भई हाल्छ । अनि प्रधानमन्त्रीको अधिकारले मात्र हुनसक्ने अवस्था देखिएन । अनि परिषदले नै गलत व्यक्तिहरुलाई सिफारिस गर्न बाध्य भएको जनविचार आएको छ । घरको जग बलियो हुनुपर्छ नत्र त्यो घर सानो तिनो भूकम्पको पराकम्पनले नै ढल्नेछ । यदि जग बलियो भयो भने ७ रियक्टरको पराकम्पन आए पनि त्यो घर ढल्न सक्दैन । जस्तो की प्रधानमनत्री तथा मन्त्री परिषद एकदम बलियो भयो भने अर्थात संबैधानिक परिषद बलियो भयो भने राष्ट्रनै बलियो हुन्छ ।

तर नेपालमा त भ्रष्ट र अयोग्य व्यक्ति बलियो भएको कारण दुई तिहाई भएको सरकारलाई माफिया कर्मचारी र साथै समानुपातिकको मतलाई आर्थिकको लेनदेन गरी व्यापारी, तस्करी र उद्योगीहरुलाई सांसद बनाएको कारण नै भ्रष्टचार मौलाएको हुन सक्ने आंकलन प्रत्येक पार्टीको नेता तथा कार्यकर्ता बाट सुन्नमा आएको छ । अर्थात उदाहरणको लागी लिउः एक जना उद्योग पती विनोद चौधरीलाई हेरे हुन्छ । कहिले एमालेको समानुपातिक सभासद किन्न सकिन्छ, कहिले नेपाली काँग्रेसको सांसद । हाल उनी नेपाली काँग्रेसको समानुपातीक सांसद हुन ।

अनि हाम्रो नेताहरुलाई के भन्ने । जो पायो पैसा आयो त्यसैलाई समानुपातीकको मत विक्रि गर्ने ? आफ्नो इमान्दार कर्मठ नेता कार्यकर्तालाई जिल्याएर चिप्ल्यायो होइन र नेताहरु ? के जवाफ छ ? अनि जुन ठाउँ भ्रष्टाचार नियन्त्रण हुनुपथ्र्यो त्यही ठाउँबाट नै अख्तियार दुरुपयोग भयो । के यो राम्रो निर्णय हो ? दुई तिहाई सरकार किन भ्रष्टाचार नियन्त्रण गर्न सकेन त ?
सबै सिफारिस पार्टीहरुको आ–आफ्नो कोटाबाट सिफारीस भएका हुन्छन । आर्थिकको चलखेलबाट । अनि त्यो व्यक्तिले किन गर्दैनन् त भ्रष्टाचार, आर्थिक आउने ठाउँमा सिफारिस गराउन उनले पनि आर्थिक नै पेल्नु पर्नेछ । यो ध्रुवसत्य हो । प्रत्येक पार्टी बाट नै गलत व्यक्तिहरुलाई सिफारिस गरेको छ । जस्तो की अयोग्य व्यक्तिहरुलाई पनि राजदुतमा सिफारीस होस या संवैधानिक परिषदमा जुनसुकैमा पार्टीगतमा र भागवण्डाको कारण नै भ्रष्ट व्यक्तिहरुले नै सम्मान पाइरहेको जनसमुदायलाई महसुस भएको छ ।

सरकार प्रमुख भन्छन् भ्रष्टाचारलाई दण्ड दिएर होइन फकाएर भन्ने अभिव्यक्ति पनि, जनसमुदायले अखबारहरुमा पढ्न पाएको छ । तर बोल्ने शब्द एकदम राम्रो छ गर्ने व्यवहार धेरै कम भएको जनसमुदायलाई महसुस भएको छ । अर्थात जनविचार यस्तो छ की थोरै बोल्ने धेरै गर्ने सुझाव पनि आएको छ ।

देशमा ठूलो ठूलो भ्रष्टाचार भइरहेको छ । सरकार दुई तिहाई छ । लुट्नेले लुटी रहेको छ । सरकारले मात्र हेरी रहेको छ भन्ने जनगुनासोहरु आएको छ । सरकारले तागत देखाउनु प¥यो की भ्रष्टचार गर्ने माथी तुरुन्त कारवाही गर्नु प¥यो । सरकारकै कमी कमजोरी भएको कारण प्रदेश सरकार होस या स्थानीय तहमा होस ठूलो ठूलो भ्रष्टाचार भइरहेको छ ।

नवराजको कथा हो की के हो ?
यी सबै कारण हुन जुनसुकै पार्टीले आफ्नो भन्ने नेता र कायर्सकर्ताहरु माथी विश्वास गुमाएका कारण हुन सबथोक । जब निर्वाचन आउँछ तब पैसा भएको व्यक्तिलाई स्वस्थानी व्रतकथामा जस्तो हात्तीले बाटोमा हिडीरहेको नवराज लाई फुलको माला लगाई दिएपछी उनै नवराजलाई राजा बनाएको जस्तो गरी नेताहरुले धमाधम आ–आफ्नो नेता कार्यकर्तालाई छोडेर अर्को पैसावाला व्यक्तिलाई छानेर चुनाव लड्न टिकट दिई जसरी हुन्छ जिताएर ल्याउन भनी कार्यकर्ताहरुलाई दवाव दिन्छ ।
अनि भ्रष्टाचार किनन हुदैन त । जुन व्यक्तिले टिकट पाएको छ उनले पनि पार्टीलाई करोडौ आर्थिक सहयोग गरेको हुन्छ । अर्थात ठेक्कामा टेन्डर परेजस्तो गरी भटाभट भ्रष्टाचार नगरी के गर्ने त उनले । अनि नवराजलाई हात्तीले माला लगाए जस्तो नेताहरुले पनि बाटोमा हिड्ने ठेकेदार, उद्योगती जस्तोलाई टिकट दिएको होइन नेताहरुले ? के नेताहरुलाई अब पनि चेत आउँदैन ।

भ्रष्टचारीलाई कारवाही गर्न किन डराएको सरकार
जस्तो नं.एकमा लोकमान सिंह कार्की जस्तोलाई कारवाही गर्न किन पछी हटेको दुई तिहाइको सरकार । पहिले त गोलमाल सरकार भएको कारणले पनि हो । वर्तमान अवस्थामा त सरकार दुई तिहाई भन्दा पनि माथि छ सरकार । लोकमान सिंह कार्की जस्तो महा धोकेबाज व्यक्ति सायद नेपालमा अरु कोही छैन होला । उनलाई तुरुन्त कारवाही हुनुपर्छ भन्ने जनसमुदायको गुनासो आएको छ ।

नं.दुईमा पूर्व राजस्व महाशाखाको प्रमुख चुडामडी शर्मा जस्तो ३३ अरब भ्रष्टाचार गर्ने व्यक्तिलाई पनि हालसम्म पनि कारवाही गर्न सकिरहेको छैन दुई तिहाई सरकारले किन ? उनलाई अख्तियार दुरुपयोग अनुसन्धाानले कारवाहीको लागी अख्तियारको प्रहरी कष्टरीमा राखी अनुसन्धान गर्ने क्रममा कुनै डाक्टर गर्ने अधिवक्ताले सवोच्चमा रिट गरी सर्वोच्चको आदेशमा उनलाई धरौटीमा रिहा गराई नेपाल सरकार, जनसमुदाय र अदालतको नै ध्वजी उडाएको होइन ? यस्ता भ्रष्टाचार व्यक्तिमाथि सर्वोच्च अदालतले समेत छुट दिएर सर्वोच्चको नै बदनाम गराएको थियो । सरकार थाहा नभएको जस्तो गरी बस्न मिल्छ ?

३३ अरब भ्रष्टाचार भनेको नेपाल अधिराज्य भरलाई नै विकासको लागी पुग्ने रकम हो । त्यस्तोभ्रष्टाचारीलाई धरौटीमा छुटाई आजसम्म न त अदालतले नै थुनछेक गर्छ न त सरकारले नै चासो दिन्छ । के चुडामडी शर्मा सरकार भन्दा एक तह माथि हो की के हो ? नत्र यस्तो भ्रष्ट व्यक्तिलाई तह लगाउनु पर्दैन दुई तिहाई सरकारले भन्ने जनगुनासोहरु सुन्नमा आएको छ । नागरिकलाई ।

नं.तीनमाः नेपाल आयल निगममा हुँदा तत्कालीन कार्यकारी प्रमुख गोपाल बहादुर खड्काले पनि निगमको जग्गा खरिदको क्रममा उनले ठूलो भ्रष्टाचार गरी निगमलाई नै क्षति पु¥याएको होइन । त्यस्ता व्यक्तिको लागी अख्तियारले विशेष अदालतलाई जिम्मा लगाएका थिए ।

तर त्यस्तो बदमास भ्रष्टचारी खड्कालाई विशेष अदालतले पनि जम्मा २ करोड धरौटी जमानीमा छुट गरीदिए पछी जनताले तिरेको करको तलव भत्ता खाने र भ्रष्टचारीलाई सहयोग पुग्ने गरी निर्णय गर्ने विशेष अदालत किन चाहियो भन्ने जनआवाजहरु पनि व्यापक भएको छ । अर्थात चोर लाई चोर नै भन्नु पर्नेमा चोरलाई हनुमानको दाजोमा राख्ने किन भन्ने जनताको प्रश्न छ विशेष अदालतलाई । र जनताले विशेष अदालतबाट जवाफको अपेक्षा पनि गर्दछौं ।