बीमा कम्पनीले उपहार वितरण गर्न नपाउने

77

फागुन १५
काठमाडौं -बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई व्यापार प्रवर्द्धनको लागि जथाभावी उपहार वितरणमा अंकुश लगाएको छ। जीवन बीमा कम्पनीहरुले बीमा व्यवसाय प्रवर्द्धनको लागि नियमित कमिशन बाहेक थप इन्सेन्टिभ र जिन्सी उपहारसमेर वितरण गरेर अस्वस्थ प्रतिस्पर्धामा उत्रिएपछि समितिले हस्तक्षेप गरेको हो। बीमा समितिले सबै जीवन बीमा कम्पनीहरुलाई कुनै पनि प्रवर्द्धनात्मक उपहार वितरण कार्यक्रम ल्याउनु अघि अनिवार्य रुपमा पूर्व स्वीकृति लिन पत्रमार्फत निर्देशन दिएको छ।

कम्पनीहरुले जथाभावी रुपमा उपहार वितरण गर्दा बजारमा अस्वस्थ प्रतिस्पर्धा भएकोले नियमनको दायरमा ल्याइएको बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले बताए। उनले भने ुकम्पनीहरुले जथाभावी रुपमा उपहार तथा इन्सेन्टिभ प्रदान गर्दै आएको पाइएपछि त्यस्ता उपहार र इन्सेन्टिभ वितरण अघि समितिबाट पूर्व स्वीकृति लिएर मात्रै पाउने व्यवस्था गरेका हौ।ु

बीमा समितिले जारी गरेको पत्रमा भविष्यमा कुनैपनि उपहार कार्यक्रम लागू गर्नुपूर्व अनिवार्य स्वीकृति लिन र हाल संचालनमा रहेका योजनाबारे समेत जानकारी गराउन निर्देशन दिएको छ। सामान्यतया नियमित कमिशन रकम बाहेक कुल प्रथम बीमा शुल्कको बढीमा ३ प्रतिशतसम्मको रकम बीमा अभिकर्तालाई उपहार वितरण,अन्य प्रवर्द्धनात्मक कार्यमा प्रयोग गर्न वा नगदै उपलब्ध गराउन सकिने भएपनि बीमा कम्पनीले जथाभावी उपहार वितरण गरिरहेको भन्ने गुनासो आएपछि बीमा समितिले कडाई शुरु गरेको‌ हो। Bizmandu