यात्राः जाने होईन त बन्दीपुर ?

363

फागुन १७,
बन्दीपुर । गण्डकी प्रदेशको तनहुँ जिल्ला बन्दीपुर गाउँपालिका वडा नम्बर ४ मा पर्दछ पर्यटकीय स्थल बन्दीपुर । प्रायः नेपाली र बाह्य पर्यटकको घुम्ने गन्तव्यमा पर्ने बन्दीपुर प्रकृति र इतिहासको संगम थलो भन्दा फरक पर्दैन् । बन्दीपुर तनहुँ जिल्लाको पुरानो सदरमुकाम शहर हो । तनहुँ जिल्लाको सदरमुकामको रूपमा रहेको यस ठाउँबाट विसं २०२५ सालमा उक्त सदरमुकामलाई दमौली सारिएको थियो । यो शहर मोटर यातायातको सुविधा नहुँदा पश्चिम पहाडको मुख्य व्यापारीक नाकाको रूपमा रहेको थियो । तनहुँ, कास्की, लमजुङ र गोरखाको लागि दक्षिणबाट सामान ल्याउने र पहाडी भेगबाट सामान दक्षिण पठाउने मुख्य स्थलको रूपमा यो नाकाको विकास भएको हो । नेवार संस्कृतिमा लिपिएको बन्दीपुरको सहरी संरचना साढे दुई सय वर्ष पुरानो मानिन्छ ।

प्राकृतिक सुन्दरताः
बन्दीपुरबाट सूर्योदयको सुन्दर दृश्य देख्न सकिन्छ । बन्दीपुरकाट मनोरम हिमश्रृखंला, पहाड, टाकुरा हेर्न सकिन्छ । बन्दीपुर वरिपरिका गाउँमा मगर संस्कृतिको अवलोकन गर्न पाइन्छ । हिमालयको फराकिलो दृश्य बन्दीपुरको विशेषता हो । बन्दीपुरबाट पूर्वपट्टि भक्तपुरको उत्तरमा पर्ने जुगल देखिन्छ । पश्चिमतिर चाहिँ लाङटाङ, गणेश, गोरखा (मनास्लु, हिमचुली तथा बौद्धसहित), अन्नपूर्ण, धौलागिरि र काञ्जिरोवा हिमाल फेददेखि टुप्पोसम्मै देखिन्छन् । तलतिर मस्याङ्दी नदीले बनाएका उपत्यका देखिन्छ । बन्दीपुरबाट करिब १ घण्टा पदैल बिसालनगरबाट २५ मिनेट हिड्ने हो भने प्रसिद्ध सिद्ध गुफा पुगिन्छ ।

पुराना तर सुन्दरघरहरुः
बन्दीपुर बजारको पहिचान नै पुराना घरहरु हुन् । मुख्य बजार क्षेत्रमा सवारी साधन प्रवेश निषेध गरेर यस्ता घरहरुको संरक्षण गरिएको छ । जुन निकै प्रशंसनिय कार्य हो । यसले इतिहासको सुरक्षा र पर्यटकहरुलाई लोभ्याउने काम गरेको छ । बन्दीपुर अधिकांश नेवार सुमुदायका मानिहरुको बसोबास रहेको पाइन्छ । जुन समुदायका पुर्खाहरु भक्तपुरबाट व्यापारको लागि तेहा पुगेका स्थानीयहरुको बताउछन् । भक्तपुरे शैलीमा निर्माण गरिएका घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्गदेवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थलहरू यहाँ आउने पर्यटकहरूको पहिलो रोजाई बन्ने गरेको छ ।

बस्नको लागि होटल र होमस्टेः
बन्दीपुर घुम्न आउने पर्यटकलाई आकर्षित गर्न यहाँ स्तरीय होटलहरू रहेका छन् । जुन तपाई आफ्नो खर्च अुनुसारको सुविधा लिन सक्नु हुनेछ । गाउँले परिवेशमा रमाउन चाहानुहुन्छ भने पनि पुराना शैलीका घर अन्य घरमा समेत होमस्टेको व्यवस्था छ ।

किन जाने बन्दीपुर ?
बिदाको समयलाई सदुयपोग गर्दै र शहरको कोलाहल, धुँवाधुलो मुक्त हुन अनी गाउँले परिवेशमा रमाउन बन्दीपुर उपयोगी हुन सक्छ । अर्का तर्फ यहाँका स्थानीयले गर्ने स्वागत र आत्मीय व्यवहार झनै राम्रो छ । केही टाढा घुम्न जाने सोच बनाएकाहरूलाई बन्दीपुर उत्कृष्ट गन्तव्य हुनसक्छ । बन्दीपुर आउने पर्यटकहरू यहाँको हावापानी, संस्कृति, रितिरिवाज देखेर एकदमै आकर्षित हुने गरेका छन् ।

कसरी जाने ?
तनहुँ सदरमुकाम दमौलीदेखि १८ किलोमिटर दुरीमा सो स्थान पर्दछ । राजधानी वा मुग्लिङ हुदैं जानेहरुले भने डुम्रे हुँदै ८ किलोमिटरको सडक यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जुन बन्दीपुर सम्म नै कालोपत्रे भएको छ । डुमे्रबाट सार्वजनिक सवारीमा पनि जान सकिन्छ । आफ्नो नीजि सवारी साधन हुनेहरु सिधै बन्दीपुरसम्म जान सकिन्छ ।