प्रदीप र जसिता अभिनय ‘लभ स्टेशन’को ट्रेलर रिलिज (ट्रेलर सहित)

66

फागुन २१,
फिल्म ‘लभ स्टेशन’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलर हेर्नुस् :

उज्जवल घिमिरेले निर्देशन गरेको फिल्मलाई गोविन्द शाही, क्रिशु शाही (काफिया) र कविरविक्रम शाहीले निर्माण गरेका हुन् भने कथा सुवाष सिंह बस्नेतको रहेको छ । ट्रेलरमा नायक प्रदिप खड्का र जसिता गुरुङको मुख्य भूमिका रहेको छ । साथै रमेश बुढाथोकी, सरु विष्ट, रवि डंगोल, प्रिया रिजाल, प्रकाश शाह, रेशु खरेल, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायत कलाकारको अभिनय रहेको छ । फिल्म चैत्र २२ गते देखि देशभररिलिज हुँदैछ ।