‘यात्रा’को ‘चट्ट रुमाल क्या मालुम’ गीत सार्वजनिक

174

फागुन २२,
काठमाडौँ -फिल्म ‘यात्राः अ म्युजिकल भल्ग’को ‘चट्ट रुमाल क्या मालुम’ बोलको गीत सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो ।
गीत हेर्नुस् :

‘आफ्नो मान्छे’ फिल्ममा समावेशी ‘चट्ट रुमाल क्या मालुम’ गीतमा स्वर्गीय नायक श्री कृष्ण श्रेष्ठ र निरुता सिंहले नृत्य गरेका थिए । यहि गीतलाई रिमेक गरेर यात्रा फिल्ममा राखिएको छ। रिमेक गीतमा मेलिना राई र गायक धमेन्द्र सेवानको स्वर रहेको छ भने बाबु राम दाहालको शब्द रहेको गीतमा शम्भुजित बाँस्कोटाले संगीत भरेका छन् । संगीत समायोजन राजन इसानको रहेको छ । प्रविन सिंहको कोरियोग्राफी रहेको गीतमा सलिनमान बँनिया, सलोन बस्नेत, मल्लिका महत, रेअर राई, प्रेक्षा बज्राचार्यले नृत्य गरेका छन् ।

सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्ममा सलिनमान बँनिया, सलोन बस्नेत, मल्लिका महत, रेअर राई, प्रेक्षा बज्राचार्यका साथै जान्वी बस्नेत, जयनन्द लामा, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटुवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायत कलाकारहरुको अभिनय रहेको छ । यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ ।

सम्राट शाक्यको कथा तथा निर्देशन रहेको फिल्मलाई सुशील पोखरेलले निर्माण गरेका हुन् । सञ्जय लामाले छायाँकन गरेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका छन् । फिल्ममा सुगम पोखरेल, मेलिना राई, प्रेक्षा बज्राचार्य, सुरेश लामा, उपकार पाण्डे, भारतिय गायक धर्मेन्द्र सेवानको गायन, सम्भुजित बास्कोटा, प्रतिक पौडेल, भारतिय संगीतकार कोबिद बज्रको संगीत, हिमाल केसीको द्वन्द्व, प्रविन सिंहको कोरियोग्राफी रहेको छ । फिल्म चैत्र २९ गते देखि रिलिज हुँदैछ ।