जुन पुलहरु एक पटक तपाई पुग्नु भो भने ?

129

काठमाडौं । सायद तपाईंले दैनिक यात्रा गर्दा कुनै न कुनै पूल तर्नुहुन्छ होला तर पेटको आन्द्रा बटार्ने र बान्ता नै निकाल्ने खालका पूलको यात्रा सायदै गर्नुपर्ला । यहाँ हामी संसारका यस्तै भयानक पूलबारे जानकारी दिँदै छौं ।

रोयल गोर्ज ब्रिज, कोलोराडो

यो अमेरिकाको सबैभन्दा अग्लो सस्पेन्सन ब्रिज हो । यो सन् १९२९ मा बनेको थियो । पर्यटकका लागि अहिले पनि यो आकर्षणको केन्द्रविन्दु हो ।

हुसैनी ह्यांगिङ ब्रिज, पाकिस्तान

यसलाई संसारको सबैभन्दा डरलाग्दो पूल भनिन्छ । यो पूलमा हिँड्दा थोरै गडबडी भए भने पनि सिधै हुन्जा नदीमा खस्ने निश्चित छ ।

डिसेप्सन पास ब्रिज, वासिङ्टन स्टेट

तुँवालोले छोपेको यो पूल माथि मोटर गुडाउन त्यति डरलाग्दो नहोला तर यदि तपाईं यो पूल माथि हिँड्नु पर्यो र १८० फिट मुनिको दृश्य देख्नुभयो भने तपाईंका खुट्टा अवश्य काम्नेछन् । यो पूलले ह्विडबे र फिडाग्लो टापूलाई जोड्छ । यो पूल बनाउनुअघि यी टापूमा डुङ्गामार्फत मात्र जान सकिन्थ्यो ।

लेक पोन्टचाट्रेन कजवे, लुसियाना

संसारको सबैभन्दा लामो यो पुल पानीको छालभन्दा १६ फिटमाथि बनेको छ । यो पुल सन् १९५० मा म्यान्डेभिल र मेतेइरीलाई जोड्न बनाइएको थियो । त्यतिबेलादेखि यसलाई संसारको खतरनाक पूलको संज्ञा दिइएको छ ।

क्यानोपी वाक, घाना

यो पूल जमिनभन्दा ४० फिटमाथि बनेको छ । यहाँ आउने पर्यटकले रुखको मुनीबाट यात्रा गर्ने मौका पाउँछन् । यहाँ यात्रा गर्दा चराचुरुङ्गी र बाँदरसँग भेट भइरहन्छ । यो पूलको एक हजार फिट लामो छ ।

ल्याङ्गकावी स्काई ब्रिज, मलेसियाः

जमिनभन्दा चार सय फिट माथि घुमाउरो आकृतिको यो स्काई ब्रिज मर्मतका लागि भनेर पटक–पटक बन्द गरिएको थियो । तर अब यो दुई वर्षपछि सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।

माउन्ट टिटलिस, स्विटजरल्याण्ड

जमिनभन्दा तीन हजार माथि झुण्डिएको पुलमा बसेर स्विस अल्प हेर्दा तपाईंलाई डर लाग्छ रु लाग्छ भने ठिक छ तर यदि लाग्दैन भने तपाईंमा सायद केही समस्या छ । प्रत्येक वर्ष हज्जारौंले यो पुलमा यात्रा गर्छन् र अहिलेका लागि यो संसारको सबैभन्दा सुरक्षित पूलमध्येको एक हो ।

प्युन्ते डि ओजिउला, मेक्सिको

यो पुलमुनी कुनै बेला खानी थियो । अहिले यो पुल पैदल यात्रुले प्रयोग गरिरहेका छन् । यो पुल पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु हो । यसलाई संसारको सबैभन्दा डरलाग्दो बाटोको रुपमा हेरिएको छ ।

 क्विपोस ब्रिज, कोस्टा रिका

यो पुल पनि संसारको सबैभन्दा डरलाग्दो पुलमा सूचिकृत छ ।

सनसाइन स्काइवे ब्रिज, फ्लोरिडा

सन् १९८० मा यहाँ बनेको पूलमा ट्याङ्क बाँधसँग ठोक्किँदा ३५ जनाको मृत्यु भएको थियो । उक्त घटनापछि उक्त पूल भत्काएर सन् १९८७ मा यो पूल बनाइएको थियो । यो पूल बनेपछि अहिलेसम्म दुई सय बढीले यहाँबाट आत्महत्या गरिसकेका छ ।

हेरौं केही तस्विरहरुः