कविताः तिम्रै छ माया तिम्रै नाम

167

-बबि शाह
उदारी हेर यो छातीमा
तिम्रै छ माया तिम्रै नाम
बुझ्न नै तिमीले सकिनौ भने
बाँचेको मेलै भयो के काम ।

भक्तका लागि ठुला हुन ईश्वर
लोभिका लागि ठुलो हो धन
मेरा लागि त तिमीनै सबथोक
के काम सिता बिनाका राम ।

आखाँको मेरो हो कि त दोष
मनले देख्यो तिमिलाई सुन्दर
भएको भए गल्ती र भूल
गरि दिनु है मलाई क्षमा ।

नहुदोँ रैछ, सोचको जस्तो
नपाइने रैछ चाहेको कुरा
अगाडी तिमी हुदाँ नि तिमीलाई
नपाउनु मेरै खराब कर्म ।

लेखेकै छैन भाग्यमा मेरो
कसैको माया पाउनलाई
सकिन्छ भने गरिदेउ तिमीनै
एकमुट्ठि माया मलाई दान ।

मण्डनदेउपुर–१, चुरिथुम्का, काभ्रे