नेपालले मलेसिया र कुवेतसँग मैत्रीपूर्ण खेल खल्ने

86

फागुन २४
काठमाडौँ -नेपालको राष्ट्रिय फुटबल टोलीले मलेसिया र कुवेतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को जानकारीअनुसार यही मार्च महिनामा नेपालले ती दुई देशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

एन्फाका अनुसार नेपालले आफ्नो पहिलो खेलमा मार्च २१ मा मा कुवेतसँग खेल्नेछ । यो खेल कुवेतमा हुनेछ । त्यसैगरी, मार्च २६ मा नेपालले मलेसियासँग खेल्ने छ । दुवै खेल पनि मलेसियाकै घरेलु मैदानमा हुनेछ । नेपालले मलेसियासँग सातपटक खेलेको छ भने कुवेत सैग हालसम्म पाँचपटक खेलेको छ ।
नेपालले नयाँ विदेशी प्रशिक्षक योहान कालिनको नेतृत्वमा पहिलो खेल खेल्न लागेका हो । योहान केही समयअघि मात्रै नेपाली टोलीको कमान्ड सम्हाल्न आएका हुन् ।