विप्लव समुहद्धारा प्रदेश सभा सांसद देवकी मल्ल अपहरण !

213

फागुन २४’
काठमाडौं  -दूरपश्चिम प्रदेशसभा सदस्य देवकी मल्ल अपहरणमा परेकी छन् । शुक्रबार बिहान ११ बजे बझाङको केदारसिउ गाउँपालिका सन्स्युबाट प्रदेश सांसद मल्ल अपहरण परेकी हुन् । नारी दिवसको अवसरमा बुंगल नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा सम्बोधनका लागि जाँदै गर्दा सांसद् मल्ल अपहरणमा परेकी हुन्। ३÷४ जनाको समुहमा आएका विप्लवका कार्यकर्ताले सांसद मल्ललाई मुखमा कालो पट्टी बाँधेर जर्बजस्ती उठाएर लगेका थिए । अपहरण नेकपा (विप्लव समूह)ले गरेको आशंका गरिएको छ ।बझाङको बुगल नगरपालिका बिजगडावाट अपहरणकारीले अपहरण गरेको बझाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक नयन सिंह साउदले जनाएका छन् । प्रहरी अहिले घटनास्थल तर्फ जाँदै गरेकाले थप विवरण आउन बाँकी छ ।

देवकी २०७४ कार्तिकमा भएको प्रदेश सभा निर्वाचनमा बझाङ (ख) बाट माओवादी उम्मेदवारको रुपमा विजयी भएकी थिइन् ।