अधिकारकालागि यात्रा साईकल ¥याली

170

फागुन २५,
भक्तपुर । अन्तराष्ट्रिय नारी दिवश–२०१९ को अवसर पारेर भक्तपुरमा साइकल याली आयोजना गरिएको छ । युवाका साथ साथ आवाज नेपालको आयोजनामा सुर्यविनायक नगरपालिकाको सहयोगमा उक्त कार्यक्रम सम्पन भएको हो । साईकल ¥याली कार्यक्रम सानोठिमी बाट शुरु भई दुधपाटी, कमलविनायक, जगाते, सुर्यविनायक हुँदै सल्लाघारी पुगेर टुंगिएको थियो । १ सय २७ जना युवाहरुले साईकल ¥याली कार्यक्रममा सहभागिता जनाएका आयोजकले जानकारी दिएको छ । प्रदेश सांसद सरस्वती वाटीको प्रमुख अतिथ्यतामा भएको थियो । सूनपा कार्यपालिका सदस्य दिपक विसुन्के, समाजसेवी मदनलाल मर्हजन, श्यामसुन्दर बस्नेत, विष्णुहरि दाहाललगायत उपस्थिति रहेको थियो ।