प्याब्सन भक्तपुर नगरद्धारा सम्मान कार्यक्रम सम्पन्न

354

फागुन २५,
भक्तपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) भक्तपुर नगरकार्य समितिद्धारा सम्मान कार्यक्रम आयोजना गरेको छ । शुक्रबार भक्तपुरको कमलबिनायकमा जिल्लाका नयाँ कार्य समितिलाई सम्मान गरिएको हो ।
उक्त अवसरमा भक्तपुर शाखाको १४औँ जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष चन्द्र अधिकारीका, वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र श्रेष्ठ, उपाध्यक्षद्वयमा राजन कसपाल र बिणा पाण्डे, सचिव कुमार श्रेष्ठ, कोषाध्यक्ष डिल्लीराज जोशी, सहसचिवद्वय नारायणकृष्ण श्रेष्ठ र सोमकृष्ण प्रजापति तथा सहकोषाध्यक्ष विष्णुकुमारी थापा र निर्वाचित सदस्यहरुलाई समेत सम्मान गरिएको नगर कार्य समितिका अध्यक्ष रमेशचन्द्र श्रेष्ठले बताए । उक्त कार्यक्रममा केन्द्रीय अध्यक्ष बिजय सम्बाहाम्फे, वरिष्ठ उपाध्यक्ष डिके ढुंगाना, उपाध्यक्ष दीपिका थापालगातको उपस्थिती रहेको थियो ।