विद्यार्थीको रहस्यमय मृत्यु, ब्रिटिस कलेजद्वारा अभिभावकमाथि दुव्र्यवहार

77

नेपाल समाचारपत्र,
फागुन २६, काठमाडौं । सिरहा मिर्चैया नगरपालिका स्थायी घर भएका महेन्द्र श्रेष्ठले आफ्नो छोराको मृत्युको जिम्मेवारी काठमाडौंको थापाथलीमा रहेको द ब्रिटिस कलेजले लिनुपर्ने स्पष्ट पार्नुभएको छ । उहाँले कलेजको लापरबाहीकै कारण छोराको निधन भएकाले कलेजले नै जिम्मेवारी लिनुपर्ने बताउनुभयो । शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले द ब्रिटिस कलेजमा स्नातक पहिलो वर्षमा अध्ययनरत आफ्नो छोरा गौरव श्रेष्ठको यही फागुन २ गते दुबई शैक्षिक भ्रमणको क्रममा निधन भएको भनेर काठमाडौंस्थित द ब्रिटिस कलेजका एक जना शिक्षकले सुनाएको बताउनुभयो ।

उहाले भन्नुभयो– ‘मेरो छोरा कलेजको टुरमा दुबई गएको थियो । तर, दुबईमै निधन भएको दुःखद खबर कलेजका एक जना शिक्षकले फोन गरेर सुनाउनुभएको हो ।’ छोराको निधन भएको भोलिपल्टै आफू घरबाट काठमाडौं आएको र कलेज प्रशासनसँग कुरा गर्दा उनीहरुले भ्रमणमा सहभागी कलेज प्रशासनका व्यक्तिहरुबाट ठूलो गल्ती भएको भनेर स्वीकार गरेको स्पष्ट पार्नुभयो । दुबईमा आफ्नो छोरा हराएको ८ घण्टापछि मात्रै कलेजबाट भ्रमणमा सहभागी सदस्यहरुले खोजी गर्नु नै रहस्यमय भएको बताउँदै उहाँले थप्नुभयो– ‘मेरो छोरा हराएको घण्टौंपछि मात्रै खोजी भएको कुरा बाहिर आएको छ, यो अत्यन्तै दुःखदायी कुरा हो । घटना घटेको अन्दाजी ८ घण्टापछि मात्र मेरो छोराको खोजी गर्नु मलाई नाटकीय लाग्छ ।’ उहाँले भ्रमण तालिकामै नभएको स्विमिङ कार्यक्रममा विद्यार्थीलाई किन सहभागी गराइयो रु भन्दै प्रश्नसमेत गर्नुभयो ।