विपीकोइराला अस्पतालमा डिएनए र आरएनए परीक्षण

72

फागुन २६,
रत्ननगर -विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा डिएनए र आरएनए परीक्षण गर्न सकिने भएको छ । अमेरिकी युथा विश्वविद्यालयको अनुदान सहयोगमा डिएनए ९डेक्सिबेरोन्युलिकिक एसिड० र आरएनए ९रिबन्यूक्लिक एसिड० परीक्षण गर्ने ‘रियल टाइम पिसिआर मेशिन’ प्राप्त भएसँगै अस्पतालमा यससम्बन्धी परीक्षण गर्न सकिने भएको हो ।

यो उपकरणबाट एचपिभी १६ र १८ ९ह्युमन प्यापिलोमा भाइरस० को सङ्क्रमणबाट हुने पाठेघर, मुख र लिङ्ग र रक्तक्यान्सरको स्क्रिनिङ गर्न सकिन्छ । यसअघि सारभाइकल क्यान्सरको नमूना पिसिआर ‘पोलिमर चेञ्ज रियाक्सन’को परीक्षण गर्न छिमेकी मुलुक भारत पठाउनुपर्ने अवस्था थियो । अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आचार्यका अनुसार उपकरणले क्यान्सर अस्पतालको सेवालाई थप प्रभावकारी बनाउने छ । “डिएन बेसको परीक्षणको सेवा शुरुआत गरिसकेका छौँ,” उहाँले भन्नुभयो, “आरएनएन बेस जटिल भएकाले केही समयपछि मात्रै सेवा शुरु गर्छौं । यो उपकरणले क्यान्सरको उपचार तथा रोकथाममा विशेष सहयोग पुग्नेछ ।”

पाठेघर, मुख, लिङ्ग र रक्तक्यान्सर हुनुपूर्व एचपिभी डिएनए र आरएनएको स्क्रिनिङ गर्न सकिए क्यान्सरको निर्मूलीकरण र रोकथाम गर्न सकिने अस्पतालका प्याथोलोजी विभाग प्रमुख डा सुदिना श्रेष्ठले बताउनुभयो । उपकरणको प्रयोगले क्यान्सरको उपचार र रोकथामका क्षेत्रमा सहज हुने भएकाले क्यान्सरबाट हुने मृत्युदरमा कमी आउने उहाँले जानकारी दिनुभयो ।

क्यान्सर रोगीमा भएको एचपिभीको मात्र समयमै पत्ता लगाई खोप दिन सके यसको निदान हुन सकिने उहाँले बताउनुभयो । नेपालका ५० प्रतिशत क्यान्सर रोगीको उपचार गर्दै आइरहेको यस अस्पतालमा एचपिभी भाइरसबाट लाग्ने क्यान्सरका रोगीहरु ४० प्रतिशतभन्दा बढीले सेवा लिने गरेको अस्पतालको तथ्याङ्क छ ।-रासस