विद्यावारिधि अध्ययनको गरिमा बढाइने

109

फागुन २६
काठमाडौँ -त्रिभुवन विश्वविद्यालयले विद्यावारिधिलाई व्यवस्थित र गुणस्तरीय बनाई यसको गरिमा बढाउन अनुसन्धान विधिका बारेमा निश्चित मापदण्ड निर्माण गर्ने भएको छ । मानविकी तथा सामाजिकशास्त्र सङ्कायले विद्यावारिधिमा भर्ना भएका विद्यार्थीका लागि आज आयोजित अभिमुखीकरण कार्यक्रममा शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीले विद्यावारिधिको क्रममा अपनाउनुपर्ने न्यूनतम कार्यविधिका बारेमा जानकारी दिन अभिमुखीकरण सञ्चालन गरिएको बताउनुभयो ।

सङ्कायका डिन प्रा डा शिवलाल भुषालले विद्यावारिधिमा भर्ना भएका विद्यार्थीलाई अनुसन्धान विधि, अनुसन्धानको सैद्धान्तिक पक्ष लगायतका अनुसन्धानात्मक विषयमा जानकारी गराउने उद्देश्यले सो अभिमुखीकरण तय गरिएको जानकारी दिनुभयो ।-रासस