पाँचौं साफ च्याम्पियनसिप : सबै टिम विराटनगरमा

106

फागुन २७,
विराटनगर —मंगलबारबाट सुरु हुने पाँचौं साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगितामा सहभागी हुने पाँचै विदेशी टिम आइतबार विराटनगर आइपुगेका छन् । आयोजक नेपाल पाँच दिनअघि नै यहाँ छ । पाँचौं साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता आयोजनास्थल विराटनगरस्थित सहिद रंगशाला आइतबार राति फ्लड लाइट बालेपछि । तस्बिर स् वेदराज पौडेलरकान्तिपुर

डिफेन्डिङ च्याम्पियन भारतसहित बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्सको टोली आइतबार विराटनगर आइपुगेका हुन् । प्रतियोगितामा पाकिस्तानले आन्तरिक समस्या देखाउँदै सहभागिता जनाएन । चैत ८ सम्म चल्ने प्रतियोगिताको उद्घाटन खेल यहाँको सहिद रंगशालामा मंगलबार आयोजक नेपाल र भुटानबीच हुनेछ । समूह ‘ए’ मा नेपाल, भुटान र बंगलादेश तथा समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स छन् ।

तियोगिताका लागि विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले अन्तर्राष्ट्रिय प्रतियोगिता भएका कारण अन्य बेलाको भन्दा विशेष सुरक्षा व्यवस्था अपनाइने बताए । उनका अनुसार ठूलो संख्यामा जनपद र सशस्त्र प्रहरी सुरक्षाका लागि खटाउने तयारी गरिएको छ । उनका अनुसार चोकचोकमा पिकेट परिचालन गरी प्रविधियुक्त सुरक्षाको व्यवस्था गरिएको छ । सीसी क्यामेरा जडान गरिएको सहिद मैदानमा दर्शकका लागि पानीको बोतलबाहेक हेल्मेट, छाता, लाइटर, झन्डा राख्ने डन्डी, पैसाको सिक्कालगायत सामान लिएर प्रवेश निषेध गरिएको छ । लिग चरणका खेलमा पश्चिमतर्फको प्याराफिटका लागि ३ सय र अन्य साधारण प्याराफिटका लागि २ सय रुपैयाँ टिकट दर राखिएको छ ।