सरकार र सिके राउतको साझा धारण सार्वजनिक गर्न कांग्रेसको माग

87

फागुन २७
बागलुङ -नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले सरकारले सिके राउतसँग गरेको सम्झौताको विषयमा साझा धारण सार्वजनिक गर्नुपर्ने बताएका छन् ।नेपाल प्रेस युनियनले मंगलबार बागलुङ सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले यस्तो बताएका हुन् । राउतसँग गरिएको सहमतिको पहिलो बुँदा ठिकै भए पनि दोस्रो बुँदा आपत्तिजनक छ, यसमा प्रधानमन्त्री फस्नुभयो कि आँफ्नै डिजाइन हो ? यसमा सरकारले तत्काल मन्त्रीपरिषद बैठक राखेर सरकारको आधिकारिक धारणा सार्वजनिक गरोस् । राउत सँग शनिवार गरिएको सहमतिको बुँदा नम्बर २ मा जनअभिमतमा आधारित लोकतान्त्रिक बिधिबाट समाधान खोजिने उल्लेख छ । यसको भावना अनुसार नेपालको निश्चित भुगोलमा गरिने जनमत संग्रह देशको लागी घातक हुने उनले जिकिर गरे ।

‘एउटै सहमतिको दुई वटा व्याख्या कसरी हुन्छ’ उनले भने राजसंस्था, धर्मनिरपेक्षता र सघीयताको विषयमा भन्दा पनि गम्भिर प्रकृतिको मुद्दामा जनमत संग्रह हुन सक्दैन । मधेशको विषय संविधान संशोधनबाट हल गर्न सकिने उनेको भनाई थियो ।सहमति लगत्तै राउतको स्वागतमा लगाइएको फ्रि मधेसको नारा, स्वयम् राउतको जनमत संग्रहमा जान सरकार तयार भएको भनाई र गृहमन्त्री रामबहादुर थापाको भनाई परस्पर बाझिएकाले यो सामान्य बिषय नभएको उनको भनाई थियो । प्रवक्ता शर्माले दुई राउत र सरकारबीच भएको सहमतिलाई कोरा कागजको खोस्टोको संकेत दिएका छन् ।
‘राष्टिय अखण्डता मास्ने गरी जनमत संग्रह गर्न दिँदैनौ’ उनले भने सरकारले जनताको विश्वास तोडेको छ, देश दुर्घटनामा जानबाट काग्रेसले बचाउँछ ।’