मुल्लाह ओमार : टाउकोको मूल्य तोकिएका तालिबान नेता “अमेरिकी सैन्य आधार नजिकै बस्थे”

54

बीबीसी, फागुन २७,
काठमाडौँ – अफगानिस्तानको उग्रवादी संगठन तालिवानका पूर्व प्रमुख नेता मुल्ला ओमर लामो समय अमेरिकी सेनाको आधार नजिकै लुकेर बसेको दावी सार्वजनिक भएको छ । मुल्लाको जीवनमा आधारित एक नयाँ किताब ‘द सक्रेट लाइफ अफ मुल्ला उमर’मा यो कुरा उल्लेख गरिएको छ ।

उता अमेरिकी एजेन्सीहरुले भने ओमरलाई लामो समयसम्म अफगान–पाकिस्तानी सिमामा रहेका विशाल गुफा संजालमा खोजिरहे । डच पत्रकार बेट्टी ड्यामले लेखेको पुस्तकले मुल्ला ओमर अफगानी प्रान्त जाबुलस्थित अमेरिकी सैन्य आधारबाट ३ माइल मात्रै टाढा लुकेको सार्वजनिक गरेको छ । ड्यामले पुस्तक लेख्नको लागि पाँच वर्षसम्म गहन शोध गरेका थिए । साथै कितावको लागि उनले तालिवानी कार्यकर्ताहरुसँग पनि अन्तरवार्ता लिएका थिए ।

सन् २००१ अघि ओमर थिए अफगाानिस्तानका शासक
सन् २००१ मा अमेरिकाको न्यू योर्कस्थित विश्व व्यापार केन्द्रमा आतंकवादी हमला भयो । आक्रमणको प्रमुख योजनाकार साउदी धनाढ्य ओसामा वीन लादेन भएको अमेरिकी गुप्तचर एजेन्सीले पत्ता लगाए ।

अमेरिकाले अफगानीस्थानमा शासन गरिरहका तालिवानलाई लादेनलाई शरण दिएको आरोप लगायो र उनलाई सुपुर्दगी गर्न माग गर्यो । तालिवानले अमेरिकी आरोपलाई खण्डन गर्यो । लगतै अमेरिकाले अफगानिस्तानमा आक्रमण गर्यो । आक्रमणपछि ओमरले नेतृत्व गरिरहेको तालिवान शासनको अन्त्य भयो । अमेरिकी आक्रमणपछि तालिवान सरकारको पदाधिकारीहरु भूमिगत भएका थिए । त्यसपछिका कयैन वर्षसम्म अमेरिकी गुप्तचर एजेन्सीहरुले मुल्ला उमरलाई खोजी रह््यो ।

अंगरक्षकले गरेका थिए खुलासा
तर अमेरिकी एजेन्सीहरुलाई छक्याउदैं मुल्ला ओमर भने अमेरिकी सैन्य आधारको नजिकै लुकेर बसिरहेका रहेछन् । अमेरिकी आक्रमणबाट अपदस्थ भएपछि सन् २०१३ मा मृत्यु हुुनु अघिसम्म मुल्ला उमर संसारको नजरबाट लुक्न सफल रहे ।  मुल्ला उमर भूमिगत भएपछि जब्बर ओमारी नामक एक व्यक्तिले उनको अंगरक्षकको भूमिका निभाएका थिए । बेट्टी ड्यामले उनै ओमारीसँग अन्तरवार्ता गरेका थिए । उनै जब्बरले आफ्ना नेता भूमिगत भएको स्थानको खुलाास गरेका हुन् ।

ओमरले बनाएका थिए आफ्नो छुट्टै भाषा

किताब अनुसार अमेरिकी सुरक्षाबलले एक पटक उमरको बासस्थानमा  खान तलासी पनि गरेका थिए । तर उनीहरु उमर बसेको स्थानसम्म नपुगि फर्केका थिए । यो स्थान एक हजार अमेरिकी सैनिकहरु बस्ने आधार सिविरभन्दा मात्र तीन माइलको दुरीमा रहेको छ । यसको साथै भूमिगत रहदाँ मुल्ला उमरले संवादको लागि आफ्नो अलगै भाषा विकसित गरेका थिए । तालिवानका प्रमुख रहेका मुल्ला उमर यही गोप्य बासस्थानबाट तालिवानी गतिविधिहरुलाई निर्देशित गर्थे । किताबका अनुसार उमर आफ्नो गोप्य स्थानबाट तालिवानका गतिविधिहरुलाई निर्देशन गर्थे । हाल कतारमा रहेको तालिवानको कार्यालय खोल्ने अनुमित पनि मुल्ला उमरले नै दिएको विश्वास गरिन्छ ।

आजकल यही कार्यालयमा अमेरिकी अधिकारीहरु अफगानिस्तानमा वर्षौैं चलिरहेको युद्ध अन्त्य गर्नको लागि कुरा गर्न कोसिस गरिरहेका छन् ।