जहाँजहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यही बम हान्नेहरुसँग वार्ता हुन् सक्दैन ; प्रधानमन्त्री

102

फागुन २४,
काठमाडौँ -प्रधानमन्त्री केपीशर्मा ओलीले हिंसा र बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समुहसँग सरकारले वार्ता नगर्ने बताए छन् । नेपाल बैदेशिक रोजगार व्यावसायी संघको टोलीसँगको भेटघाटमा प्रधानमन्त्रीओलीले सो कुरा बताएका हुन् ।

फागुन २४ गते संघका अध्यक्ष रोहन गुरुङको घरमा बम हानेको बिषयमा प्रधानमन्त्रीको ध्यानआकर्षण गर्न आएको टोलीसँग मंगलबार बालुवाटारमा कुरा गर्दै प्रधानमन्त्री ओलीले बम पड्काउने र पैसा असुल्नेहरुसँग वार्ता गर्नुको औचित्य नभएको स्पष्ट पारेका छन् ।

‘कतिपयले वार्ता गर्नुप-यो भन्छन् तर के का लागिवार्ता गर्ने रु उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् रु बम पड्काउने, आतंकितपार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन्’, प्रधानमन्त्री ओलीले भने, ‘जहाँजहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यही बम हान्नेहरुसँग के को वार्ता र ? उनीहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिइन्छ ।’

प्रधानमन्त्री ओलीले एउटा गिरोहले कम्यूनिष्टका नाममा घिन लाग्दो काम गरिरहेको बताएका छन् । कम्यूनिष्टले त युवाहरुलाई कर्मठ र कर्मशिल हुन सिकाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘कम्यूनिष्टले त यूवाहरुलाई कर्मशिल हुन, सही बाटोमा हिडाउन र उत्पादनमा लाग्न सिकाउनु पर्ने हो’, प्रधानमन्त्री ओलीले भने, ‘यहाँ त कम्यूनिष्टको नाममा युवालाई लुट्न सिकाइरहेका छन् । यो हुन सक्ने कुरा होइन ।’प्रधानमन्त्री ओलीले अध्यक्ष गुरुङको घरमा भएको बिस्फोटप्रति दुःख व्यक्त गरेका छन् । यस घटनाको बारेमा सरकारले छानबिन गर्ने प्रधानमन्त्री ओलीले प्रतिवद्धता व्यक्त गरेका छन् ।