ज्योतिष अनुसार बिवाहा योग कतिखेर आउँछ, जान्नको लागि एकपटक अवश्य पढौ

958

फागुन ३०,
लेखक-कौशिक ज्योतिष सेवा(ज्यो•अनिल पुडासैनी)
कुनै पनि ब्यक्तिको सम्पुर्ण जिवनलिला त्यस ब्यक्तिको जन्म कुण्डलि अनुसार उसको लग्न ग्रह, नक्षत्र र राशि सग प्रभावित हुन्छ। कुनै पनिब्यक्तिको दैनिक क्रियाकलाप उसको त्यस सम्बन्धि कार्य सगको सम्बन्धि ग्रह सग सम्बन्ध राखेको हुन्छ। र सुभ वा अशुभ त्यसै ग्रह नक्षत्र तथा राशिको स्थिति अनुसार प्रभाव प्रदछ।त्यसै अनुसार कार्य सम्पन्न हुन पुग्छ। झट्ट हेर्दा हामिलाई बिश्वास पनि हुन्न हरेक कार्य राम्रो नराम्रो हुनुको पछाडि त्यस ब्याक्तित्वको भाग्य तथा कर्ममा भर पर्छ भन्ने लाग्छ। हो यो कुरा पनि धुर्व सत्य हो साथै यो पनि सत्य हो जब कुनै ब्यक्तिलाई शुभ आशुभ फलप्राप्तिको लागि अर्थात् कुनै कार्य सम्पन्न गराउनको लागि त्यस ब्यक्तिलाई त्यस्तै कर्मतिर अभिप्रेरित गराउछ, हाम्रो जन्म मुर्हत अनुसारको लग्न, राशी, ग्रह तथा नक्षत्र आदिले त्यसैले हाम्रो जिवनको हरेक क्रियाकलापको शुभ वा अशुभ कार्य सम्पन्न गराउन सबै भन्दा ठूलो भुमिका लग्नर राशी ग्रह तथा नक्षत्रको हुन जान्छ।

अब चर्चा गरौ कुनै पनि ब्यक्तिको बिवाह योग कसरी बन्न पुग्छ।
कुनैपनी ब्यक्तिको विवाह समय निर्धारणको लागि सबै भन्दा पहिला कुण्डलीमा विवाहको योग हेर्नू प्रछ। यदि जन्म कुण्डलिमा बिवाहा योग देखिदैन भने बिवाहा हुन मुस्किल होला। जन्म कुण्डलीमा जब अशुभ वा पापी ग्रह सप्तम भाव, सप्तमेष वा शुक्र सग संबन्ध राख्दछ यो ग्रह बिवाहको लागि विलम्बको कारण बन्दछ।यसको विपरीत यदि शुभ ग्रहको प्रभाव सप्तम भाव, सप्तमेश वा शुक्रमा प्रछ भने बिवाहा चाडै गराउछ। बिवाह हुनुको कारणमा दशाको महत्त्व तथा योगदान महत्त्वपूर्ण हुन्छ। सप्तमेषको दशा(अन्तर्दशामा विवाह यदि जन्म कुण्डलीमा विवाहको योगको संभावना बनाउदछ।तथा सप्तमेशको दशा चलिरहेको छ र उसको सम्बन्ध शुक्र ग्रह सग स्थापित छ भने ब्यक्तिको विवाह हुन पुग्छ। यसको साथै यदि सप्तमेशले द्वितीयेश सग सम्बन्ध बनाई रहेको छ भने पनि विवाह योग बन्छ। सप्तमेशमा नवमेशको दशा( अन्तर्दशामा विवाह योग बन्छ।

जब दशाको क्रम सप्तमेष वा नवमेशको चलिरहेको छ र यी दुबैको सम्बन्ध पंचमेश सग बनाएको छ भने यतिखेर प्रेम बिवाहा हुने सम्भावना हुन्छ। पंचम भाव प्रेम सम्बन्धको दर्शाउछ। सप्तम भावमा जुन ग्रह अवस्थित हुन्छ। त्यही ग्रहले ब्यक्तिको बिवाहाको योग बनाउछ।वर्ष दिन भित्र त्यही ग्रहको दशा अन्तरदशा चलिरहेको हुन्छ साथै सप्तमेष सग पूर्ण दृष्टि सम्बन्ध बनाई रहेको हुन्छ। यो कुण्डलिमा विवाहको लागि मजबुत स्थिती हो। सप्तम भावमा वा सप्तमेष जब शुभ भावमा आफ्नो मित्र राशिको घरमा बसेको छ र उसमा शुभग्रहको दृष्टि छ भने आफ्नो दशाको आरम्भ अवस्थामा नै बिवाहा हुने सम्भावना रहन्छ। यसको बिपरित यदि सप्तमेष र सप्तम भावमा अवस्थित ग्रह अशुभ भावमा बसेको छ आफ्नो शत्रु राशिमा छ तथा उनमा अशुभ ग्रहको प्रभाव छ भने आफ्नो दशाको मध्य समयमा बिवाहा गराउने योग बनाउछ। यसको अलावा कुण्डलिमा ग्रहको अवस्था, दृष्टि, युति बाट बन्ने योग बाट पनि ब्यक्तिको बिवाह हुने सम्भावना बन्दछ। बिवाहको लागि शुक्रको महत्वपूर्ण स्थान हुन्छ। जब शुक्र शुभ स्थित भएर कुनै ब्यक्तिको कुण्डलीमा शुभ ग्रहको राशि तथा शुभ भाव (केन्द्र, त्रिकोण) अवस्थित हुन्छ तथा शुक्रको अन्तर्दशा वा प्रतिअन्तर दशा जब आउछ तब त्यस समयमा ब्यक्तिको बिवाहा योग बनाउदछ। कुण्डलीमा शुक्रको शुभ हुनु वैवाहिक जीवनको शुभता बढाउछ।

कुण्डलिमा शुक्र जति शुभ हुन्छ व्यक्तिको वैवाहिक जीवन त्यतिनै सुखमय हुन्छ। कुण्डलिमा चाहे कुनै पनि ग्रहको दशा किन नहोस्, यदि दशा स्वामीको सम्बन्ध शुक्र सग बनाएको छ र कुण्डलिमा शुक्र शुभ राशि, शुभ ग्रह सग युक्त भएर नैसर्गिक रुपमा शुभ हुन्छ, तथा गोचरमा शनि, गुरुको सम्बन्ध बताउद छ, त्यस स्थितिमा शुक्र आफ्नो दशा-अन्तर्दशामा विवाह हुने संकेत गर्दछ।कुण्डलिमा यस्तो ग्रहको दशा चलिरहेको छ जुन ग्रह सप्तमेशको मित्र छ भने यस महादशामा व्यक्तिको विवाह हुने योग बन्दछ। जन्म कुण्डलीमा शुक्र जुन ग्रहको नक्षत्रमा अवस्थित हुन्छ त्यसै ग्रहको जब दशा चल्दछ तव त्यस समयमा नि बिवाहा योग बन्दछ। सप्तम भाव बिवाहाको घर हो। यस भावलाई जुन ग्रहले देख्दछ, त्यो तथा कुंडलीमा बली छ भने उस ग्रहको दशा अवधिमा विवाहको संभावना बढी हुन्छ। यदि कुण्डलिमा लग्नेश वा सप्तमेशको दशा चलिरहेको छ यस्तो स्थितिमा लग्नेशको दशामा सप्तमेशको अन्तरदशामा विवाह हुने योग बन्दछ। शुक्र सग युति गर्ने वाला ग्रहको दशामा विवाह हुने संभावना बढी हुन्छ। दशावर्षभरिमा उ बली छ र सप्तमेश सग दृष्टि सम्बन्ध बनाई रहेको छ भने बिवाहा को योग बनाउद छ। अतः यी सबै ग्रहको दशा-अन्तरदषामा विवाह हुने योग बनाउदछ। यदि आफ्नो बिवाहा अहिले सम्म अर्थात् ढिला सम्म पनि भएको छैन भने आफ्नो कुण्डलिमा माथी बताईएको युक्ती तथा योगको सम्भावना छ या छैन बुझ्न र जानकारी राख्नको लागि आफ्नो नजिकको ज्योतिष सग एक पटक जन्म कुण्डली देखाएर परामर्श तथा सल्लाह सुझाव लिनु भैइ लाभ उठाउनु होला।