‘ए मेरो हजुर ३’को गीतमा अनमोल र सुहानाको रोमान्स (भिडियो हेर्नुस्)

165

चैत १,
काठमाडौँ -फिल्म ‘ए मेरो हजुर ३’को ‘जिन्दगी नै भन्दिन’ बोलको पहिलो गीत सार्वजनिक भएको छ । गीतमा सुहाना थापा र अनमोल केसी फिचर्ड रहेको छ भने सुगम पोखरेल र प्रविशा अधिकारीको आवाज रहेको छ ।
भिडियो हेर्नुस्

 

अभिनेत्री झरना थापाले निर्देशन गरेको फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । निर्देशक थापा र सुमन पौडेलको कथा लेखन रहेको फिल्ममा द्वन्द्व रोशन श्रेष्ठको रहेको छ । सञ्जय लामाले छायांकन गरेको फिल्मलाई दिर्घ खड्काले सम्पादन गरेका हुन् ।

कोरियोग्राफी कविराज गहतराजको रहेको छ । एकनारायण भण्डारीको शब्द रहेको गीतमा आकाश अविरलको संगीत रहेको छ । म्युजिकल लभ स्टोरी फिल्ममा अनमोल केसी र सुहाना थापाको मुख्य भुमिका रहको छ । अनमोल र सुहानासँगै अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेअर राई, सरोज खनाल लगायत कलाकारको अभिनय रहेको छ । सुहानाले आफनै होम प्रोडक्सनबाट निर्माण गरेको फिल्मबाट डेब्यु गरेकी छन् । सुहाना अभिनेत्री झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी हुन् । फिल्म चैत २९ गते देखि रिलिज हुँदैछ ।