बर्षालाई किन रिस उठ्यो ?

163

चैत २,
काठमाडौं । शनिबार सबेरै नायिका बर्षा सिवाकोटीले आफ्नो फेसबुकमा लामो स्टाटस पोस्ट गरिन् । प्रदर्शनरत फिल्म ‘पुरानो बलेट’की नायिकाले लेखेको उक्त स्टाटस क्षणभरमै चर्चाको विषय बन्यो । आखिर बर्षाले कसलाई हानेकी थिइन् त फेसबुकमा आक्रोशपूर्ण वाण ? बर्षा लेख्छिन्, ‘न म स्टारकिड न म कसैको गर्लफ्रेन्ड ? न म हिट ब्यानरको रेगुलर मेम्वर ? न म कुनै युटुव च्यानलको अफिसियल हिट एक्टर ? बस् कामको कामको परिचय बनाउँन निरञ्तर एक्लो लागि रहेको विचरा, सो कल्ड रिजर्भ आर्टिस्ट अनि हलसम्म मेरा लागि किन जाने ? वेस्ट अफ् टाइम्स ? फिलिम को त के कुरा गर्नु ? हिट एक्टर हिट मुभी‘’ बर्षाको यो वाणी नेपाली फिल्म क्षेत्रका स्टार किड, नायिका र निर्माता तथा निर्देशकको प्रेम जोडी देखि युटुवर सम्मलाई हो । तर किन एकाएक उनले यस प्रकारको स्टाटस लेखिन् भन्ने विषय भने खोजपूर्ण रहेको छ । आफ्नो स्टाटसको व्याख्या बर्षा कसरी गर्छिन्, त्यो भने हेर्न बाँकी छ । -रमाइलोछ बाट