युकेमा पूजा शर्मालाई बलिउड नायक वरुण धवणको चुम्बन !

207

चैत ३,
काठमाडौँ -फिल्म ‘सम्हालिन्छ कहिले मन’को लागि युकेमा पुगेकी नायिका पूजा शर्माले बलिउड नायक वरुण धवणलाई भेटेकी छन् । वरुणसँग खिचाएको तस्बिर पूजाले आफ्नो फेसबुक र इन्स्टाग्राममा पोस्ट गरेकी छन् ।

 

वरुणसँगको फोटो राख्दै पूजा फेसबुकमा लेख्छिन्, ‘एउटा नम्र र मायालु व्यक्तिसँगको भेट ।’ फोटोमा पुजा निकै खुशि देखिएकी छन् । पूजाको शिरमा वरुणले चुम्बन समेत गरेका छन् । पूजासँग नायक आकाश श्रेष्ठले पनि वरुणसँग फोटो खिचाएका छन् । उनले पनि आफ्नो फेसबुकमा उक्त तस्बिर पोस्ट गरेका छन् । फिल्म ‘स्ट्रिट डान्सर’को छायाँकनका लागि वरुण पनि युकेमै छन् । सम्हालिन्छ कहिले मन र स्ट्रिट डान्सर टिम युकेको एउटै होटल हायत प्लेस वेस्ट लण्डनमा बसिरहेको छ । सुर्दशन थापाले निर्देशन गरिरहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’को लामो समयदेखि युकेमा छायाँकन भैरहेको छ । फिल्ममा पूजा र आकाशसँगै सोनम तोप्देन, गौरी मल्ल, सरोज खनाल लगायतको अभिनय छ ।

Ramailo chha.com