‘चौकीदार नरेन्द्र मोदी’

102

चैत ३
काठमाडौँ -भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्वीटरको नाममा चौकीदार जोडेका छन् । अब ट्वीटरमा उनलाई ‘चौकीदार नरेन्द्र मोदी’का रुपमा देख्न सकिने छ । उनले मार्च ३१ देखि ‘म पनि चौकीदार’ नाममा चुनावी अभियान र टेलिभिजन कार्यक्रमसमेत सञ्चालन गर्दैछन् । आगामी अप्रिल र मेमा हुने लोकसभा निर्वाचनलाई लक्षित गरि उनले यो अभियान चलाउन लागेका हुन् ।

यस्तै, भाजपा अध्यक्ष अमित शाहले पनि आफ्नो नाममा चौकिदार जोडेर ‘चौकीदार अमित शाह’ बनाएका छन् । मोदी क्याविनेटका सबै मन्त्री तथा अन्य भाजपाका नेताहरुले पनि आफ्नो ट्वीटर नामको अगाडि चौकीदार थपेका छन् ।