सवारी चलाउँदा मोबाइलमा कुरा गर्ने २९ हजार चालक कारबाहीमा

78

नयाँ पत्रिका दैनिक
चैत ४, काठमाडौं । गाडी चलाउँदा मोबाइल फोनमा कुरा गर्ने २९ हजारभन्दा बढी चालक कारबाहीमा परेका छन् । उनीहरूबाट जरिवानास्वरुप ट्राफिक प्रहरीले १ करोड ७३ लाख राजश्व उठाएको छ । यो कारबाहीमा कम्तीमा पाँच सय जरिवाना तोकिएको छ । गत आर्थिक वर्ष ०७४/७५ मा देशभर गाडी चलाउँदै गर्दा मोबाइलमा कुरा गर्ने २९ हजार ३ सय ५ चालक कारबाहीमा परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अघिल्लो वर्षको तुलनमा यो तीन गुणा बढी हो । आव ०७३र७४ मा १० हजार ८८ चालक कारबाहीमा परेका थिए । गाडी चलाउने क्रममा मोबाइल फोनको प्रयोग दुर्घटनाको एउटा प्रमुख कारण रहेका ट्राफिक प्रहरी बताउँछन् । सबैभन्दा धेरै पूर्वी क्षेत्रका चालक कारबाहीमा परेका छन् । गत वर्ष काठमाडौं उपत्यकामा एउटै चालक कारबाहीमा नपरे पनि यो वर्ष धेरै कारबाहीमा परेको महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले बताए ।

पहिलो नम्बरमा मोटरसाइकलचालक
सबैभन्दा धेरै कारबाहीमा पर्नेमा मोटरसाइकलचालक छन् । गत आर्थिक वर्षमा ५ लाख ५७ हजार ८ सय ७८ मोटरसाइकलचालक कारबाहीमा परेका छन् । त्यस्तै, ३ लाख ८७ हजार १६ पटक ट्रकरट्यांकरचालक, २ लाख २४ हजार ५ सय ६४ पटक बसरमिनिबसचालक, ३ लाख २२ हजार ३० पटक काररजिप र भ्यानका चालक, १ लाख १३ हजार ५ सय ६५ पटक ट्र्याक्टरचालक तथा ४४ हजार ७ सय ८८ पटक ट्याम्पो तथा अन्य सवारीचालक कारबाहीमा परेका छन् । चालू आर्थिक वर्षको तथ्याङकअनुसार ट्राफिक नियम मिचेर कारबाहीमा परेकाहरूको संख्या झन् उच्च छ ।