विप्लवसंग वार्ताको माध्यमबाट समाधान खोज्न नागरिक सङ्घसंस्थाको आग्रह

203

चैत ४
काठमाडौँ -विभिन्न नागरिक सङ्घसंस्थाद्वारा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०लगायत असुन्तष्ट पक्षलाई विश्वासमा ल्याउँदै संवाद र समझदारीमार्फत समस्याको शान्तिपूर्ण समाधान आग्रह गरेका छन् । गैरसरकारी संस्था महासङ्घ नेपाल, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल, मानवअधिकार एलाइन्स, काहुुराष्ट नेपाल र खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपाललगायतका सङ्घसंस्थाले आज विज्ञप्ति जारी गरी विप्लव नेतृत्वको ९नेकपा०को पछिल्लो पटकका गतिविधिले जनतामा त्रास फैलाएको भन्दै तत्काल वार्ताको माध्यमबाट समाधान गर्न आग्रह गरेका हुन् ।

“हालै सरकारले प्रतिबन्ध गर्ने र विद्रोह गर्ने समूहले प्रतिरोध गर्ने खालका निर्णय र घोषणाले नागरिकमा फेरि पनि मुलुक हिंसात्मक द्वन्द्वमा प्रवेश गर्ने हो कि भन्ने आशङ्का बढेका छन् र यसले जनसमुदायमा त्रासको वातावरण सिर्जना गरेको छ, यस्ता प्रकारका त्रासको मनोविज्ञानले दिगो शान्ति कायम रहन सक्दैन र नागरिकको मानवअधिकारको संरक्षण तथा प्रवद्र्धन पनि हुन सक्दैन”, विज्ञप्तिमा उल्लेख गरिएको छ । RSS