अजोड इन्स्योरेन्सको ‘बाली तथा पशुपंक्षि सम्बन्धी’ दुई दिने तालिम सम्पन्न

139

चैत्र ४,
काठमाडौँ -अजोड इन्स्योरेन्स लिमिटेड कुश्माशाखाको आयोजनामा दुई दिने तालिम सम्पन्न भएको छ । चैत्र २र ३ गते दुई दिन बाली तथा पशुपंक्षि सम्बन्धी बीमा अभिकर्ताको आधारभुत तालिम सम्पन्न भएको हो। उक्त तालिममा झन्डै ५० जना अभिकर्ताहरुको सहभागीता रहेको थियो ।

अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले बीमाको परिचय, बीमाव्यवसायको बर्तमानअवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिका लगायतका विषयमा आफ्नो भनाई राखेका थिए । साथै प्रबन्धक दिपक पोखरेलले बाली तथा पशुपंक्षि बीमाको साथै अभिकर्ताको काम कर्तव्य र अधिकार तथा जिम्मेबारीको विषयमा जानकारी गराएका थिए ।

यसमा सवारी साधन, गाईबस्तु, पशुपंक्षि, बाली, घर तथाव्यापार ब्यवसाय लगायतको क्षेत्रमा इन्स्योरेन्स हुँदै आएको कुश्मा शाखाले जनाएको छ ।
अजोड इन्स्योरेन्स लिमिटेडले गत फाल्गुन महिनादेखि कुश्माबजारको लोकतान्त्रिक चोकमा रहेर पर्वत जिल्लामा सेवा दिँदैआएको छ ।