हलिउड फिल्म ‘एवेन्जर्सः इण्ड गेम’को याक्सनले नेपाली फिल्ममा भागा भाग र जुधाँ जुध

143

चैत ४,
काठमाडौँ लामो समयदेखि नेपाली फिल्म राम्रोसँग प्रदर्शन हुन सकिरहेका छैनन् । प्रदर्शन, प्रवद्र्धन र वितरण प्रणाली उत्तम नबन्दा निर्माता घाटामा छन् ।

विशेषतः नेपाली फिल्मका लागि नेपाली फिल्म ‘मेकर्स’ नै ‘भिलेन’ को रुपमा देखिएका छन् । भिलेन यस अर्थमा कि नेपाली फिल्मले नेपाली फिल्मसँगै प्रतिस्पर्धा गर्दै आइरहनु परेको छ । विदेशी फिल्मसँग डराउने, स्वदेशी फिल्मसँग जुधाउने निर्माता, वितरक र हल सञ्चालकको गलत निर्णयले लगानीकर्ता दिनानुदिन घाटामा छन् । यो प्रवृत्ती कहिले सम्म रु यो प्रश्न नेपाली फिल्म क्षेत्रमा दशकदेखि उठ्दै आइरहेका छ । तर पनि चेत कसैको पलाएको देखिंदैन् ।

यही आउँदो शुक्रबार पनि दुई नेपाली फिल्म ‘कागज पत्र’ र ‘प्रेमलिला’ प्रदर्शनमा आउँदैछन् । भलै यी फिल्म भयंकर नहोलान् । तर पटक पटक सारिएको ‘प्रेमलिला’ किन अर्को नेपाली फिल्मसँग जुध्यो रु प्रश्न यहाँ छ । नियत स्पष्ट छ । अरुसँग भागौं आफ्नैसँग जुधौं । चैत १५ गते ‘शुभ लभ’को मितिमा ‘साईंली’ आएको छ । ‘साईंली र ‘शुभ लभ’को जुधाई भने रमाइलो छ । ‘शुभ लभ’ ज्योतिष नायकले रोजेको मितिमा ‘साईंली’ आएको रे १

यता नयाँ नेपाली वर्षमा दुई स्थापित ब्यानरले बनाएका फिल्म लाग्दैछन्, ‘यात्रा’ र ‘ए मेरो हजुर ३’ । युवा स्टार अनमोल केसी र उदाउँदा स्टार सलिनमान बनियाँ अभिनित यी दुई फिल्म जुध्दा नाफा कसलाई होला रु भर्खरै अनमोलकै ‘क्याप्टेन’ सँग फिल्म ‘दि ब्रेकअप’ जुध्यो । प्रदर्शन मितिलाई पछि तय गरिएको ‘दि ब्रेकअप’ लाई ‘क्याप्टेन’ सँगै लाग्दा ठुलो घाटा लाग्यो । ‘क्याप्टेन’ को पनि नाफा कमाउँने छाँट भने छैन् । लगानी जेनतेन उठ्ने निर्माताको आश छ ।

मह सञ्चार जस्तो सम्मानित ब्यानरले ‘दालभात तरकारी’ लाई वैशाख १३ बाट सारेर बैशाख २० पुर्यायो । जसले गर्दा अन्य नेपाली फिल्मको भाले जुधाई हुँदैछ । हलिउड फिल्म ‘एवेन्जर्सः इण्ड गेम’ को चेपुवामा पर्ने डरले ‘दालभात तरकारी’ सर्दा ‘जात्रै जात्रा’, ‘बिर बिक्रम २’ र ‘प्रेम दिवस’सँग जुध्न गयो । नायक विपिन कार्कीको खुट्टा भाचिएपछि ‘जात्रै जात्रा’को प्रदर्शन मिति फाल्गुन १७ गतेबाट सारेर वैशाख २७ मा पुर्याइएको थियो । यो मितिमा पनि बलिउड फिल्म ‘स्टुडेन्ट अफ दि इयर २’ आउने भएपछि दुई नेपाली फिल्म लाग्ने मिति जेठ ३ मा पुर्याइयो । उसो त निर्माता रविन्द्र सिंह बानियाँले वरिष्ठ अभिनेता ‘दालभात तरकारी’ सरेपछि जात्रै जात्रा पनि सरेको प्रेसमिटमा बताए ।

अब जेठ ३ गते ३ वटा नेपाली फिल्महरु लाग्दा अवस्था कस्तो रहला भन्ने अनुमान सहजै गर्न सकिन्छ । ३ वटा फिल्म जुधेको खण्डामा नाफा भन्दा पनि घाटाको हिसाब गर्नु पर्नेछ । गञ्जागोल प्रदर्शन हुँदा हुँदैपनि राम्रो फिल्मले दर्शकको साथ पाएका उदाहरण टन्नै छन् । तर राम्रा फिल्मलाई दर्शकको साथ पाउन पनि राम्रो प्रदर्शन र वितरण प्रणाली हुन आवश्यक छ ।Ramailo chha.com