यसकारण लाग्छ बढी निद्रा

157

चैत ५,
काठमाडौँ
-कार्यालयमा काम गर्दै गर्दा आलस्य हुने, निद्र्रा लागिरहने हुन्छ । यसको एउटा कारण एनिमिया (रक्तअल्पता)को समस्या हो । शरीरमा रातो रक्तकोषको कमी भएमा एनिमिया हुने गर्छ । रातो रक्तकोषले फोक्सोबाट शरीरभरि अक्सिजन पु(याउने काम गर्छ । आइरन र भिटामिनको कमीको कारण पनि एनिमिया हुने गर्छ । जसले मानिसलाई कमजोर बनाउँछ । र, अत्यधिक निद्रा लाग्न सक्छ ।
-डिप्रेसनको सिकार भएका मानिस पनि अफिसमा बढी निदाउने गर्छन् । यस्तो समस्यालाई नजरअन्दाज गर्नुहुँदैन । डिप्रेसनका कारण मानिसले आफूलाई निकै कमजोर महसुस गर्छ । र, उदासीनताको पनि सिकार हुन्छ ।

-चिकित्सकले दैनिक चार लिटर पानीको प्रयोग गर्ने सल्लाह दिन्छन् । त्यसैले शरीरमा पानीको कमी हुन दिनुहुँदैन । शरीरमा पानीको कमी हुँदा छटपटी, थकान, निद्रालगायतको समस्या हुन्छ ।