प्रदीपको ‘आँगनी’मा जसिता (भिडियो सहित)

69

चैत ५
काठमाडौँ -नयाँवर्षको छेकोमा अर्थात् आगामी चैत २२ गतेबाट रिलिज हुने फिल्म ‘लभ स्टेसन’को नयाँ गीत ‘मेरो आँगनीमा आज जुन उदायो’सार्वजनिक भएको छ। बुढासुब्बाको युट्युब च्यानलबाट सार्वजनिक गीतमा नायक प्रदीप खड्का र नायिका जसिता गुरुङ फिचर्ड छन्। भिडियो हेर्नुहोस्

नायक प्रदीपका अनुसार फिल्ममा उनी एउटा लोक व्याण्डका भोकलिस्ट ९गायक० को भूमिकामा छन्। ‘लभ स्टेसन क्याफेमा म आफ्नो ब्यान्डसहित गायनको तयारीमा हुन्छु। सोही क्याफेमा जसिताको आगमनपछि उनको सुन्दरताको प्रशंसा गर्दै यो गीत गाउँछु ’, प्रदीपले भने, ‘यो फिल्ममा म कुनै स्टार कलाकार नभएर क्षेत्रीय तहको एउटा गायकको भूमिकामा देखिँदैछु।’

संगीतकार शम्भुजीत बासकोटाको संगीत रहेको गीतमासुरेश लामाको स्वर छ। गीतमा फिल्मका निर्देशक उज्ज्वल घिमिरेका शब्द छन्। फिल्मका प्रस्तुतकर्ता गोविन्द शाहीले फिल्मको रिलिज मिति नजिकिँदै गर्दा आफुहरू प्रचारप्रसारमा व्यस्त रहेको बताए। उनका अनुसार फिल्म युनिटले मंगलबारबाट पोखरादेखि मोफसल यात्रा सुरु गर्दैछ।

फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ। काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरविक्रम शाहीले निर्माण गरेको फिल्ममा आलोक शुक्लाको छायांकन, शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत, अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी छ।