जन्म कुण्डलि चिनामा कस्तो योग पर्दा घातक योग बन्छ?

1529

चैत २०,
लेखक-कौशिक ज्योतिष सेवा(ज्यो•अनिल पुडासैनी)
जन्म कुण्डली (चिना) मा निम्न १० प्रकारको योग छ भने घातक योग बन्छ। तुरुन्त उपाय गर्दा अती उत्तम हुन्छ। जन्म कुण्डलिमा दुई वा दुई भन्दा बढी ग्रह को युक्ती, दृष्टि, भाव आदि को मेल बाट यो योगको निर्माण हुन्छ। यसै ग्रह को योगको आधार मा नै ज्योतिष फलादेश को आधार बन्दछ। घातक तथा अशुभ योगको कारण व्यक्तिले जिंदगीभर दु:ख कष्ट झेल्नुपर्ने हुन्छ।  यसै बिषय लाई मध्यनजर गर्दै कुन कुन अवस्था मा अशुभ घातक योग बन्छ र त्यस्तो घातक योग बाट बच्ने उपाय जानकारी दिदै छु। अध्यन गरि लाभ लिनु भइ याहाहरुको अमूल्य प्रतिक्रिया को अपेक्षा राख्दछु!

१) चाण्डल योग
कुण्डलिको कुनै पनि भावमा बृहस्पति को साथ राहु वा केतु छ अथवा दृष्टि आदि छ भने गुरु चाण्डल योग बन्छ।
# यश योगको प्रभाव शिक्षा, धन तथा चरित्र माथि प्रभाव पर्दछ । यस्तो योग हुने ब्याक्ती मान्यजन प्रर्ती अपहेलना गर्ने खालका हुन्छ भने यस्तो ब्याक्तीको पेट एवं श्वासप्रश्वास रोग को सिकार हुने गर्छन् ।

उपाय :- यो योगको उपाय सदैव उत्तम चरित्र राख्ने पहेलो बस्त्र आदिको दान गर्ने निदारमा सदैव पहेलो टीका ललगाउने। सम्भव भए दिनमा एक पटक मात्र भोजन गर्ने। बिहिवार को व्रत गर्नु उत्तम हुने छ।

२) अल्पायु योग
जब पनि कुण्डलिमा चन्द्रमा पाप ग्रह बाट युक्त भएर त्रोकोण स्थान मा बसेको छ अथवा लग्नेश पाप पीडित दृष्टि परेको छ र चन्द्रमा शक्तिहीन छ भने अल्पायु योग हुन्छ।
# अल्पायु योग परेको ब्यक्ति को जीवनमा प्रायः जसो संकट मय जीवन बिताई रहेको हुन्छ खानपिन तथा ब्यवहार मा अत्यन्तै ख्याल राख्न जरुरी हुन्छ।
उपाय:-
अल्पायु योग भएको ब्यक्तिले हरेक दिन हनुमान चालीसा, महामृत्युंजय मंत्र पाठ गर्नु अति उत्तम हुनेछ भने यस्तो योग हुने ब्यक्ति हरेक कुकर्म बाट टाढा रहदा राम्रो हुन्छ।

३) ग्रहण योग
ग्रहण योग मुख्य २प्रकारको हुन्छ।
(!)सूर्य (!!)चन्द्र ग्रहण।
यदि चन्द्रमा पाप ग्रह राहु या केतु को साथ बसेको छ भने चन्द्रग्रहण हुन्छ भने सूर्यको साथ राहु छ भने सुर्यग्रहण हुन्छ।
# चन्द्रग्रहण छ भने मानसिक पीड़ा तथा माता लाई हानि गर्छ। सूर्यग्रहण छ भने व्यक्ति कहिल्यै जीवनमा स्टेबल हुन सक्दैन। हाडजोर्नी कमजोर हुनुको साथै, पिता को सुख बाट बन्चित हुने हुन्छ।

उपाय :-
यस्तो अवस्थाका ब्यक्ति हरुले ६ वटा नरिबल आफ्नो सिरमा घुमाउदै नदिमा बगगाईदिनु। तथा आदित्यहृदय स्तोत्र को नियमित पाठ गर्नुहोस् । सूर्य को जल चढाउनु । एकादशी तथा आइतबारको व्रत बस्नु ।दाढ़ी नपाल्नु।

४)वैधव्य योग
वैधव्य योग बन्ने अनेक स्थिति हुन्छ। वैधव्य योग का अर्थ हो विधवा हुनु। सप्तम भाव को स्वामी मंगल हुनु अथवा शनि को तृतीय, सप्तम या दशम दृष्टि पर्नु पनि वैधव्य योग बन्दछ। सप्तमेश को सम्बन्ध शनि, मंगल सग बनेको छ वा सप्तमेश निर्बल छ भने वैधव्य योग बन्दछ।

उपाय:-
# जातकको विवाह ५ वर्ष सम्म मंगला गौरी को पुजा गर्न अति उत्तम हुनेछ भने विवाह पूर्व आक (कुंभ) विवाह गर्नु पनि अति आवश्यक प्रर्छ। बिवाहा पछि मआत्र यस्तो योग जानकारी भएमा बरबधु दुबैले मंगल तथा सनिको उपाय गर्नु प्रछ।

५)दारिद्रय योग
यदि कुनै जन्म कुण्डलिमा ११औ घरको स्वामी ग्रह कुण्डलिको ६, ८ वा १२ औ घरमा बसेको छ भने दारिद्रय योग बन्दछ।
# दारिद्रय योग को प्रभाव मा जातकको आर्थिक स्थिति जीवनभर खराब नै रहन्छ। जातकले जीवन मा अनेकौं आर्थिक संकट को सामना गर्न प्रर्ने हुन्छ।

६) षड्यंत्र योग
यदि लग्नेश ८ औ घर मा बसेको होस् र उस्को साथ कुनै पनि शुभ ग्रह छैन भने षड्यंत्र योगको निर्माण हुन्छ।
# कुनै पनि स्त्री-पुरुषको कुण्ड्ली मा यो योग छ भने उ आफ्नो नजीक को आफन्त बाट षड्यंत्र को शिकार हुन्छ। यस्मा उसलाई धन-सम्पत्ति तथा मान-सम्मान आदि का नुकसान पुग्दछ।

उपाय -:
यो दोष को उपायको लागि प्रत्येक सोमवार भगवान शिव तथा शिव परिवार को पूजा गर्नु होस् । प्रतिदिन हनुमान चालीसा को पाठ गर्दै गर्नु अति उत्तम हुनेछ।
७) कुज योग
यदि कुनै कुण्डलिमा मंगल लग्न, चतुर्थ, सप्तम, अष्टम वा द्वादश भावमा छ भने कुज योग बन्दछ। यस्लाई मांगलिक दोष पनि भनिन्छ।
# जुन स्त्री पुरुष को कुण्डलिमा कुज दोष छ। उनिहरुको वैवाहिक जीवन कष्टप्रद हुन्छ। त्यसैले विवाह पूर्व भावी वर-वधू को कुण्डली मिलान गर्न आवश्यक हुन्छ। यदि दुबै को कुण्डलिमा मांगलिक दोष छ भने विवाह गर्न कुनै बाधा प्रदैन।

उपाय-:
मंगल चौथी बाट मंगल बारको व्रत बस्नु तथा गणेशको आराधना नियमित गर्नु उत्तम हुन्छ। विवाह पश्चात् यो योग को थाहा भयो भने पीपल तथा वटवृक्ष मा नियमित जल चढाउनु मंगल को जाप तथा पूजा गर्नु।हरेक दिन हनुमान चालीसा पाठ गर्नु उत्तम हुने छ।
८) केमद्रुम योग
यदि कुनै पनि कुण्डलिमा चन्द्रमा अगाडि तथा पछाडि दुबै घरमा कुनै ग्रह बसेको छैन वा चन्द्रमा द्वितीय वा द्वादश भाव मा छ र चन्द्र को अगाडि तथा पछाडि भावमा कुनै अपयश ग्रह छैन भने केमद्रुम योग को निर्माण हुन्छ ।
# यो योग हुने ब्याक्ती जीवनभर धन को कमी, रोग, संकट, वैवाहिक जीवन मा एकदम कठिनाई आदि समस्या मा गुर्जिन्छ।

उपाय:-
यो योगको उपाय हरेक शुक्रबार रातो गुलाब फुलले गणेश तथा महालक्ष्मी को पूजा गर्नु । मिश्री को प्रसाद चडाउनु। चन्द्र सग सम्बन्धि बस्तुको दान गर्नु।

९) अंगारक योग
यदि कुनै कुण्डलिमा मंगल को राहु वा केतु मध्य एक सग स्थान परिवर्तन अथवा दृष्टिको सम्बन्ध स्थापित छ। भने अंगारक योग को निर्माण हुन्छ।
# यो योग को कारण ब्यक्ति को स्वभाव आक्रामक, हिंसक तथा नकारात्मक हुने हुन्छ भ बहिनी मित्रजन तथा आफन्त को साथ राम्रो सम्बन्ध हुँदैन। भने उस्को कुनै कार्य पनि शान्ति पुर्वक सम्पन्न हुदैन।

उपाय-:
यस्को उपाय हरेक दिन हनुमान को उपासना गर्नु। मंगलवार को दिन रातो गाईलाई गुड़ खुवाउनु तथा हरेक दिन पन्छी हरुलाई गहुँ वा दाना खुवाउनु। अंगारक दोष निवारण यन्त्र राख्नुहोस।

१०) विष योग
शनि तथा चन्द्रमाको युक्ति वा शनिको चन्द्रमा पर दृष्टि बाट विष योग बन्दछ।कर्कट राशिमा शनि पुष्य नक्षत्र मा र चंद्रमा मकर राशि मा श्रवण नक्षत्र मा छ अथवा चन्द्र र शनि विपरीत स्थिति मा तथा दुबै आ-आफ्नो स्थानमा एक आपसमा देखा देख गरेको छ भने पनि विष योग बन्दछ। यदि ८ औ स्थानमा राहु छ र शनि मेष, कर्क, सिंह, वृश्चिक लग्नमा छ भने पनि यो योग बन्दछ।

उपाय:-
यो योगको उपाय संकटमोचक हनुमानको उपासना गर्नु। हरेक शनिवार को छाया दान गर्नु। सोमवार को शिव को आराधना गर्नु साथै महामृत्युंजय मंत्र को जाप गर्नु।

कौशिक ज्योतिष सेवा,
सम्पर्क:-९८४१७२५४५३