नरेन्द्र मोदीको नाममा बनेको फिल्म प्रदर्शनमा रोक

82

चैत २७,
एजेन्सी– भारतीय निर्वाचन आयोगले प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक जीवनमा केन्द्रीत रहेर बनाइएको फिल्म प्रदर्शनमा रोक लगाएको छ । बुधबार आयोगले ‘पिएम नरेन्द्र मोदी’ नामको फिल्म प्रदर्शनमा रोक लगाएको हो । लोकसभा निर्वाचनलाई मध्यनजर गरेर बनाइएको उक्त फिल्म बिहीबारदेखि प्रदर्शन गर्ने तयारी थियो । निर्वाचन सुरु भएपछि प्रदर्शन सुरु गरिन थालिएको सो फिल्मको प्रचारले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने भन्दै आयोगले रोक लगाएको बताइएको छ । पिएम मोदीसँगै एटीआर लक्ष्मी, उद्यमा सिंहम नाम फिल्महरु पनि रोक लगाएको आयोगले जनाएको छ ।

आयोगले निर्वाचन सुरु हुँदै गर्दा प्रदर्शन गरिने यस्ता फिल्मले कुनै पनि राजनेता वा राजनीतिक पार्टीको छविमा असर पर्न सक्ने भएकोले प्रतिबन्द लगाइएको जनाएको छ । यसअघि काँग्रेस आइका एक कार्यकर्ताले पिएम नरेन्द्र मोदी फिल्म बन्द गर्नु पर्ने भन्दै त्यहाँको सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटलाई अदालतले खारेज गरेको थियो । रातोपाटी