नेता गच्छदार द्धारा समायोजन प्रस्ताव प्रस्तुत

466

चैत २९,
काठमाडौँ –तत्कालीन लोकतान्त्रिक फोरम र नेपाली कांग्रेस वीच २०७४ असोज ३० गते पार्टी एकता हुदाँ भएको सहमति अनुसार समायोजन प्रक्रिया अगाडि बढेको छ । पार्टीका उपसभापति विमलेन्द्र नीधि संयोजक रहेको समायोजन कार्यदलमा तत्कालिन लोकतान्त्रिक फोरमका अध्यक्ष पार्टीका उपसभापति तथा संसदीय दलका उपनेता विजय कुमार गच्छदारले पुर्व लोकतान्त्रिक फोरमको तर्फबाट विहिवार नाम पेश गरे पछि समायोजन प्रक्रिया अगाडी बढेको हो । लामो समय देखि नेता कार्यकर्ताहरुको समायोजन हुन नसक्दा नेता गच्छेदार निकै चिन्तित थिए भने समायोजन प्रक्रिया छिटो टुङ्गाउन सर्वत्र दवाव परेको थियो । पार्टी एकता हुदाँ जुन–जुन तहमा रहेको हो सोही तहमा केन्द्र देखि वडा सम्मको मापदण्ड निर्धारण गरि समायोजजन हुने भएको छ । जस अनुसार निम्न वमोजिम समायोजनका लागी प्रस्ताव गरिएको छ ।

केन्द्रीय र प्रदेश समायोजन
१) केन्द्रीय सदस्य –१५ जना
२) महासमिति सदस्य –२०० जना ( महासमिति बैठक द्धारा पारित )
३) महाधिवेशन प्रतिनिधि –७००जना ( महासमिति सदस्य, पर्यवेक्षक र थप समेत गरि)
४) कार्यसम्पादन समिति –नेता गच्छदार सहित ३ जना
५) प्रदेश १,२ र ५ –१०/१० जना
प्रदेश ३र७ –७/७ जना
प्रदेश ४ –२ जना
प्रदेश ६ –१ जना
६) क्रियाशील सदस्य –२५६८४ जम्मा
७) विभाग;
क) नयाँ विद्यान अनरसार गठन हुदाँ प्रत्येक विभागमा –१०/१० जना र विभागिय प्रमुख –३ जना रहने छन् ।
ख) पुरानो विद्यान अनुसार गठन हुदाँ प्रत्येक विभागमा –७/७ जना र विभागिय प्रमुख –५ जना हुनेछन् ।

जिल्ला समायोजन
क र ख वर्गमा रहेकामा जिल्लामा उपसभापति सहित २०७० सालमा कायम रहेका निर्वाचन क्षेत्रको आधारहरुमा संख्या निर्धारण गरिने छ भने ग र घ वर्गमा रहेका जिल्लामा एक पदाधिकारी सहित निर्वाचन क्षेत्र अनुसार संख्या कायम गरिने भएको छ ।
त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र/प्रदेश सभा निर्वाचन क्षेत्र/नपा/गाउपालिका देखि वडा कार्यसमितिमा उपसभापति सहित २० प्रतिशत संख्या प्रस्तावित गरिएको छ ।
क्षेत्रिय समितिमा साविक क्षेत्रलाई आधार मानि प्रत्येक गा.पा मा १ महिला सहित ४ जना, नपामा प्रत्यक वडामा २ जना रहनुका साथै महानगर/उप–महानगर वडामा १ महिला सहित ३ जना रहने छन् ।
पार्टी कार्यालयमा कार्यलय सचिव सहित ३ जना कर्मचारी समायोजनका लागि प्रस्ताव गरिएको छ ।

पार्टीको विद्यान, नेपालको सविधान अनुसार समानुपातिक÷समावेशीका आधारमा प्रत्येक तहमा संख्या तय गरिएको छ ।