सुहागरात अविस्मरणीय कसरी बनाउने ?

334

बैशाख महिना सुरु भएसंगै विवाहको मौसम चल्न थालेको छ । तर कतिपय जोडीहरुलाई आफ्नो सुहागरात कसरी रमाइलो बनाउने भन्नेमा तनाव हुन सक्छ ।

कौमार्य भ्रम मात्र
विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालार्ई परीक्षण गर्नु उफयुक्त हुँदैन । जोडीको ध्यान र त्रियाकलाप आफ्नो पहिलो यौन सम्पर्कलार्ई कसरी खास बनाउने भन्नेमा केन्द्रित हुनुपर्छ ।

गुप्तांगको सफाइ

यौनमा स्वास्थ्यको अहम भूमिका हुन्छ । जोडीमध्ये कसैले पनि यो कुरामा लापर्वाही गर्नु हुँदैन । दुवैजनाले यौन सम्पर्क गर्नु अघि गुप्ताङ्गको सफाइ राम्रोसँग गर्नुपर्छ । स–साना गल्ती वा लापरवाहीका कारण गुप्ताङ्ग फोहोर भए त्यसले इन्फेक्सनको समस्या सिर्जना गर्छ ।

उत्सुक बनाउने

सुहागरातका लागि साथीलार्ई कौतुहल बनाउन प्रयास गर्नुपर्छ । सेक्स अपिल भएको पहिरन लगाउने तथा ओछ्यान र कोठाको साज–सज्जामा विशेष ध्यान दिने कुरा बिर्सनु हुँदैन ।

हतार नगर्ने

यौनसम्पर्कका लागि कसैले पनि हतार नगर्ने । जब दुवैजनामा उत्तिकै कौतुहलता हुन्छ तब मात्र सुहागरात शानदार हुन्छ । एक–अर्काले साथीलार्ई खुल्न कतिको सहज हुदै गएको छ र फिलिङ्स आएको छ/छैन ध्यान दिनुपर्छ । -साप्ताहिक