हावाहुरीबाट प्रभावित बालबालीकालाई धुर्मुस सुन्तली फाउण्डेसनको ‘किताबकापी’

159

बैशाख ५,
सिमरा । बारा र पर्सामा आएको बिनासकारी हावाहुरी ९टोनार्डो० बाट प्रभावित स्कुले बालबालीकालाई शैक्षिक सामाग्री बाँड्न धुर्मुस बिहिबार बिहान प्रभावित क्षेत्र पुगेका छन् । नयाँ भर्ना अभियान सुरु भएकाले प्रभावित क्षेत्रका बालबालीकालाई सम्पुर्ण स्कुले सामग्री सहितको झोला बितरण गरी पुनः बिद्यालय फर्काउन धुर्मुस सुन्तली फाउण्डेसन यहाँ आएको हो । फाउण्डेसनका संचालक सिताराम कट्टेल (धुर्मुस)ले सबैभन्दा बढी प्रभावित क्षेत्र बाराको फेटा गाउँपालीकाको पुरैनिया गाउँमा करिब २ सय बालबालीकालाई किताब कापी सहितको झोला बितरण गरेका छन् ।

यसैगरी फेटा गाउँपालीकाका बिभिन्न स्थानका करिब ४ सय बालबालिका र पर्साका प्रभावित ४ सय बालबालिकालाई गरी ८ सय बालबालीकालाई करिब ९ लाख बराबरको स्टेशनरी सहितको झोला र स्कुले सामाग्री बाँडेर धुर्मुस फर्किएका छन् । सामाग्री बितरण गर्दै उनले यहाँका बालबालिका माथी शैक्षिक र मानसिक रुपमा असर परेको भन्दै यस पटक यहाँका बालबालिकालाई खुशी बनाउँन र उनीहरुको पुरानो जिवनशैलीमा फर्काउने अभियान स्वरुप आएको बताए ।

समग्र गाउँकै भविष्य अन्योल रहेपनि बालबालीकाको भविष्य भने सुनिश्चिच् हुनुहपर्ने भन्दै उनले कम्तिमा बालबालीकाहरु बिद्यालय जाने बातावरण तुरुन्तै बन्नुपर्ने धारण राखे । सरकारको भर्ना अभियानलाई सहयोगी भुमिका निवार्ह गर्न पनी आफु यहाँ आइपुगेको कट्टेलले बताए । ‘सरकारको राहत र पुर्नस्थापनाको काम हुँदै गर्छ तर यहाँका बालबालिका स्कुल जानबाट भने बञ्चित गरिनु हुँदैन’, उनले भने , ‘भोलीदेखी नै पुरानै लयमा बालबालीकालाई बिद्यालय फर्काउने उद्येश्यले हामी यहाँ आएका हौँ ।’-Rajdhani