महलाई वसुन्धरा र मानश्री पुरस्कार

219

बैशाख ७,
काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई वसुन्धराश्री र हरिवंश अधिकारीलाई मानश्री पुरस्कार प्रदान गर्ने वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले निर्णय गरेको छ ।

वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा। दुबसु क्षेत्रीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो। दुवै पुरस्कारको राशी ५०र५० हजार रुपैयाँ रहेको छ।

हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हास्यव्यङ्ग्य क्षेत्रलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली तुल्याउन योगदान गरेबापत कलाकार श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

त्यसैगरी हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हास्यव्यङ्ग्य क्षेत्रलाई अझ स्तरीय, शालीन र समृद्ध बनाई नेपाली वाङ्मयको विकासका खातिर काम गरेको भन्दै कलाकार आचार्यलाई मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।