‘जात्रै जात्रा’को “जीवन जात्रा हो” सार्वजनिक (भिडिओ सहित)

225

वैशाख ८
काठमाडौं । चलचित्र ‘जात्रै जात्रा’को शिर्ष गीत सार्वजनिक भएको छ । ”जीवन जात्रा हो” भन्ने उक्त गितमा कालिप्रसाद बास्कोटाको आवाज र संगीत रहेको छ भने अर्जुन भट्टराइको शब्द रहेको छ । प्रविण सिंहले कोरियोग्राफी गरेको गीतको भिडियोलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन् । चलचित्रको यो गीतमा मुख्य ३ कलाकार विपिन कार्की, रविन्द्र झा र रविन्द्र सिंह बानियाँलाई फिचरिङ गरिएको छ । प्रदिप भट्टराइले चलचित्रको लेखन तथा निर्देशन गरेका हुन् ।
भिडिओ सहित हेर्नुहोस् : 

चलचित्रमा विपिन कार्की, दयाहाङ राई, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, बर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्र ‘जात्रा’ बक्स अफिसमा हिट भएको थियो । जेठ ३ गते देखि देशभर रिलिज हुदैछ ।