स्वस्तिमा, सलोन र अखिलेशको ‘एमजी रोडैमा’ सार्वजनिक (भिडियो हेर्नुस् )

235

बैशाख ९,
काठमाडौँ, फिल्म ‘हजार जुनीसम्म’को ‘एमजी रोडैमा’ बोलको पहिलो गीत सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा औपचारिक कार्यक्रम गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो । उक्त गीतमा नायिका स्वस्तिमा खड्का, सलोन बस्नेत र नवनायक अखिलेश प्रधान नृत्य प्रस्तुत गरेका छन्। गीतको भिडियो हेर्नुस् :

 

मेलिना राई र राजन राज सिवाकोटीको स्वर रहेको गीतमा सिवाकोटीकै शब्द तथा संगीत रहेको छ । संगीत संयोजन राजन इशानको रहेको छ । पुरुषोत्तम प्रधानले खिचेको गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । फिल्ममा स्वस्तिमा, सलोन र नवनायक अखिलेशसँगै आर्यन सिग्देल, प्रियंका कार्की, सञ्चिता लुईटेल, शिव हरी पौडेल, बालकलाकार अनुभव रेग्मी लगायत कलाकारको अभिनय रहेको छ । विकाश राज आर्चायले निर्देशन गरेको फिल्ममा विशाल चाम्लिङ्गको लगानी रहेको छ । फिल्मको कथा निर्माता चाम्लिङ्गको रहेको छ भने पटकथा निर्देशक आर्चाय र सामिप्य तिमिल्सिनाले तयार पारेका छन् । पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । यो फिल्म साउन ३० गते देखि प्रर्दशन हुँदैछ ।