प्रधानमन्त्रीले कांग्रेसप्रति लक्षित गर्दै भने गान्धारीकोजस्तै आँखामा पट्टी बाँधेपछि कहाँ देखिन्छ त सरकारको काम

82

बैशाख ९,
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विकास भएन भन्नेहरूलाई चेतनाको आँखाले हेर्न आग्रह गरेका छन्। कम्युनिष्ट पार्टी ७० वर्ष पुगेको अवसरमा काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसप्रति लक्षित गर्दै प्रधानमन्त्रीले भने- गान्धारीकोजस्तै आँखामा पट्टी बाँधेपछि कहाँ विकास देखिन्छ त?

महाभारतका पात्र धृतराष्ट्र जन्मजात अन्धा थिए। उनीसँग विवाह गरेपछि गान्धारीले पनि जीवनभर आँखामा पट्टी बाँध्ने निर्णय गरेकी थिइन्। उनले कपडाको नभई चेतनाको पट्टी आँखामा बाँधेकाहरूले अहिलेको सरकारले गरेका विकास नदेखेको तर्क गरे। देश हरेक दिन एक कदम अगाडि बढेको प्रधानमन्त्रीको जिकिर छ। सबै नागरिकको बैंक खाता, विद्यार्थी भर्नाजस्ता धेरै काम सरकारले गरेको प्रधानमन्त्रीले बताए।

‘ठेकेदार भाग्यो मेलम्ची आउन ढिला भयो। हामी मेलम्ची ल्याउँछौं,’ उनले भने, ‘यो सरकार आएपछि ३८ टन होकि क्वीन्टल हुने सुन तस्करी पनि रोकिएको छ। केहीले सोध्छन्-खोई सुन? त्यो त त्यतिबेलाकालाई थाहा हुनु पर्ने हामीलाई के थाहा हुन्छ।’ गएको वर्ष वृद्ध भत्ता नबढ्दा विरोध भएकोमा प्रधानमन्त्रीले भने, ‘एक वर्ष खुब बासुरी बज्यो, वृद्ध भत्ता बढेन भनेर। अबको बजेट आएपछि ती के भन्लान्?’

उनले आफ्नो सकरारले सामाजिक न्यायसहितको सम्वृद्ध देश बनाउने बताए। पार्टीका नेताले बोल्दा तलमाथि गर्दा कहिलेकाहीँ समस्या आएको बताए। प्रधानमन्त्रीले ज्योतिषलाई पनि व्यंग्य गरे, ‘दुई पार्टी मिल्छ भनेर किन ज्योतिषीले भन्न नसकेको? अनि फुट्छ, फुट्दै छ भन्ने? भवितव्यले दुई पार्टी एकता भएको होइन।’Setopati