सलमान र कट्रिनाको ‘भारत’को ट्रेलर सार्वजनिक (ट्रेलर हेर्नुस्)

100

वैशाख ९
काठमाडौं । बलिउडको प्रतिक्षित चलचित्र ‘भारत’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार सार्वजनिक गरिएको ट्रेलरमा नायक सलमान खान नै मुख्य केन्द्रमा छन् । ट्रेलरमा सलमानको विभिन्न फरक रुपलाई देखाइएको छ ।
ट्रेलर हेर्नुस् :

सलमानले यो चलचित्रमा अन्य चलचित्रमा भन्दा फरक गेटअप दिएका छन् । यो चलचित्रमा सलमानलाई युवादेखि बुढ्यौली अवस्थासम्म देखाइएको छ । चलचित्रले राष्ट्रियताको कथालाई समेत छोएको छ । अली अब्बास जफर निर्देशित भारतमा सलमानसँगै कट्रिना कैफ, ज्याक्की श्राफ, सुनिल ग्रोवर, दिशा पटानी लगायतको मुख्या भूमिका छ । यो चलचित्र जुन ५ तारिखमा रिलिज हुँदैछ । इदमा लगातार असफल चलचित्र दिइरहेका नायक सलमान खानका लागि यो चलचित्र विशेष छ ।