सनी देओलले भाजपा प्रवेश गर्देभने ‘हाम्रा युवालाई मोदीजस्ता व्यक्तिको खाँचो छ’

78

बैशाख १०, एजेन्सी,
काठमाडौँ बलिउडका नायक सनी देओल भारतीय जनता पार्टी प्रवेश गरेका छन् । उनले केही समयअघि पार्टीका सभापती अमित शाहलाई भेटेका थिए । उनी पंजाबस्थित गुर्दासपुरका भाजपा उम्मेद्वार हुनसक्ने अनुमान गरिएको छ । ‘जसरी मेरा बुवा यो परिवारका अटल बिहारी बाजपेयीसँग जोडिएका थिए, आज म यहाँ नरेन्द्र मोदीसँग जोडिन आएको छु । उनले देशका लागि धेरै कुरा गरेका छन् र म चाहन्छु कि अबको पाँच वर्ष पनि उनी नै सत्तामा रहून् किनभने हामी अघि बढ्न चाहन्छौं । हाम्रा देशका युवालाई मोदीजस्ता व्यक्तिको खाँचो छ ।,’ देओलले आफ्नो संक्षिप्त भाषणमा भने । उनले भने, ‘यो परिवारसँग जोडिएर जे जे गर्नसक्छु त्यो म सबै गर्नेछु, मनबाटै गर्नेछु । म कुरा गर्ने छैन, प्रत्येक समय काम गरेर देखाउनेछु ।’