सैनिक विद्यालयका प्रधानाध्यापकसहित तीन जना बर्खास्त

119

वैशाख १०,
काठमाडौं । बाँसबारीस्थित सैनिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारी गरी तीन जना बर्खास्त भएका छन् । नेपाली सेनाले विद्यार्थी भर्नाका निमित्त सञ्चालन भएको लिखित प्रवेश परीक्षामा सहभागीलाई पास गराउन भूमिका खेलेको आरोपमा उनीहरुलाई बर्खास्त गरेको हो । विद्यालयको छवि धमिल्याउने काम गरेकाले उक्त घटनामा संलग्न तीन जनालाई बर्खास्त गरिएको जनाइृएको छ । उनिहरुलाई बैशाख ९ गतेदेखि पदमुक्त गरिएको हो ।