‘एक्सन’मा नगरकोट सडक पीडित: सरकारका प्रवक्तालाई ज्ञापनपत्र

83

बैशाख १६,
भक्तपुर । तेलकोटमा आयोजित मनोहरा–निलबाराही–चाँगु–तेलकोट सडक निर्माण कार्यको सिलान्याश कार्यक्रममा आएका सरकारका प्रवक्ता तथा सञ्चार तथा सुचना प्रविधिमन्त्री बास्कोटालाई नगरकोट सडक पीडित संघर्ष समितिले भत्केकोपाटी–तेलकोट–नगरकोट सडकको २० किमि सडकको निर्माणकार्य छिटो सम्पन्न गर्न ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको छ । निर्माण कार्य शुरु गरेको ७ बर्षसम्म पनि निर्माण कार्य अलपत्र बनाएकाले व्यवसायीलाई छिटो निर्माण कार्य सम्पन्न गर्न र गुणस्तरिय निर्माण कार्य गराउन सरकारका प्रवक्तालाई ज्ञापनपत्र बुझाएको संघर्ष समितिका संयोजक राजकुमार लामिछानेले जानकारी दिनुभयो । उहाँले घाम लाग्दा धुलो र पानी पर्दा हिलोका कारण जनजीवन कष्टकर बन्दै गएको बताउनुभयो ।