भक्तपुरको कमलविनायकमा घट्यो यस्तो घटना: दुई पक्राउ

154

बैशाख १६,
भक्तपुर । रामेछाप घर भइ हाल भक्तपुर बस्दै आएका दुई बालिकाहरुलाई जवरजस्ती करणी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्ष उमेर भएका उनीहरुलाई शुक्रबार ललाई फकाई भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायकमा रहेको एक गेष्ट हाउसमा लगी जवरजस्ती करणी गरेका थिए । जवरजस्ती करणी गरेका आरोपमा पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक रोशी गाउँ पालिका वडा नं. ७ घर भई हाल .भक्तपुर, कमलविनायक बस्ने बर्ष १९ को विशाल तामाङ र भक्तपुर नगरपालिका वडा नं. १० मुलढोका बस्ने बर्ष २६ को सुनिल सिल्पकार रहेका छन् । उनीहरुलाई महानगरीय प्रहरी परिसरबाट प्रहरी टोली खटी गई पक्राउ गरी जिल्ला अदालत भक्तपुरमा करणी सम्बन्धी कसुरमा मुद्दामा पेश गरी म्याद थप गरेको छ । घटनाबारे कथप अनुसन्धान भइरहेको परिसर भक्तपुरका सूचना अधिकारी प्रनाउ रेवती रमण पोखरलेलले जानकारी दिएका छन् ।