स्मार्टफोन सुरक्षित राख्न के गर्ने ?

97

वैशाख १८,
काठमाडौँ ।
-स्मार्ट फोन जतिवेला पनि चार्जमा राखिराख्नुहुँदैन । फुल चार्ज भइसकेपछि चार्जबाट निकाल्नुपर्छ । धेरै समय चार्जमा राख्दा मोबाइल पड्किने डर हुन्छ ।

-स्मार्टफोनको पछाडिको भाग नकोरियोस् वा नफुटोस् भन्न चाहनुहुन्छ भने ब्याक कभर प्रयोग गर्नुपर्छ ।

-कुनै पनि स्मार्टफोनको डिस्प्ले निकै संवेदनशील हुन्छ । डिस्प्लेको सानो भाग फुट्यो वा कोतरियो भने पनि नराम्रो देखिन्छ । डिस्प्ले सुरक्षाका लागि विभिन्न प्रकारका प्लास्टिकका खोल राख्न सकिन्छ ।

-चोरीबाट जोगाउन स्मार्टफोनमा रहेको एन्ड्रोइड डिभाइस म्यानेजरलाई एक्टिभ बनाउनुपर्छ । ताकि, फोन हराउँदा कहाँ लगिएको छ भन्ने स्थान पत्ता लगाउन सकियोस् । कतिपय स्मार्टफोनमा गुगल साइन इन हुन्छ, जसबाट हराएको मोबाइल तत्कालै फेला पार्न सकिन्छ ।