गजलः गल्ती गरेकी होर

79

-रुपक ढकाल
दमन सहेर नै ठुलो गल्ति गरेकी होर ?
आफ्नै परिवारबाट पनि हत्यामा परेकी होर ?

संघर्ष गर्दै जसोतसो अगाडि बढेकी तिमी
आज किन आफै पछि सरेकी होर ?

कस्ता तिम्रा सासु ससुरा जेठाजु जेठानी
त्यो बिरामी श्रीमानको हातबाट मरेकी होर ?

हिजो निर्मला,आज सरिता भोलि फेरी उजेली
बुद्धले हत्या हिंसाको संदेश छारेकी होर ?

एउटी नारी जसले तिम्लाई स्तनपान गराइन
अर्की सासु भनाउँदी अपराधि, ठहरेकी होर ?
-भक्तपुर