प्रदेश १ को स्थायी राजधानी र नाम अझै अन्योलमा, सहमति नजुटेपछि संसद बैठक स्थगीत

93

बैशाख १९,
विराटनगर । प्रदेश १ को संसद् बैठक स्थगित भएको छ । प्रदेशको नाम र राजधानीमा पक्ष र विपक्षीबीच वादविवाद परेपछि बैठक स्थगित भएको हो ।
प्रदेश २ संसदले आज प्रदेशको नाम र राजधानीको प्रस्ताव लैजान दलहरूलाई समयसीमा दिएको थियो । तर, दलहरुबीच सहमति अझै हुन सकेको छैन । सत्तारुढ दलबीचमै प्रदेशको नाम र राजधानीलाई लिएर फरक–फरक धारणा बाहिर आइरहेको र दलका सदस्यहरुबीचनै सहमति जुट्न नसकेपछि हालसम्म पनि बैठकको स्थायी राजधानी अझै अन्योलमा परेको छ ।

प्रदेशको नाम र राजधानीबारे टुंगो लगाउन नेकपाको बुधबारदेखि बैठक बसिरहेको छ ।